समाचार

मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका १ सानुटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान फलाम बोकेर काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् । सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताए । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले...

पहिरोका कारण भैसे–भीमफेदी सडकखण्ड अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण पहिलो जाँदा भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज बिहान अन्दाजी ४ः ३० बजेको समयमा भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा...

भारतीय पक्षले तुइन फुस्काउँदा बेपत्ता भएका धामीको परिवारलाई सरकारद्वारा १० लाख

काठमाडौं । सरकारले भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई आर्थिक सहयोग स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । गत साउन...

एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरूद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय समिति बिहीबार बसेको बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पार्टीले कारवाही गरेकाहरूलाई समेत सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएका भन्दै कानुनी प्रतिवाद...

थप २४३३ जनामा कोरोना संक्रमण, थप २६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३ सय ७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९...

हेटौंडाका मुक्तान पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने ४० वर्षीय राजकुमार भन्ने ठुलो सार्की मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार, उनलाई...

सरकारमा सहभागी हुने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् । अध्यक्ष नेपालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनको सरकारमा सहभागी हुने घोषणा गरेका हुन् । त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए । उनले भने, ‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ,...

फाखेल–हुमाले हुँदै काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध

मकवानपुर । वर्षाका कारण पहिरो जाँदा कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडकखण्डमा यातायात अवरुद्ध भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेमा बिहिबार (आज) दिउँसो सडकको माथिबाट लेदो माटोसहितको पहिरो जाँदा कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी...

अवैध काठसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेबाट ३५ क्युफिट काठसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्वर २ बस्ने २८ वर्षीय सुमन लामा र साही ठाउँ बस्ने २९ को सुवाष गोले...