समाचार
बागमती प्रदेशको आठौं अधिवेशन बैठक अन्त्य
मकवानपुर । बागमती प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरिएको छ । बागमती प्रदेशको शुक्रबार (आज) बिहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि...
आलमको मुद्दामा आज पनि सुनुवाइ भएन
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार पनि सुनुवाई हुन नसकेको हो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि...
बाढीपहिरोका कारण भएको क्षतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बस्दै
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाका कारण आएको बाढीपहिरोले भएको क्षतिबारे छलफल गर्न बैठक बोलाएका छन् । बैठक गृह मन्त्रालयमा बस्ने भएको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहभागी हुने गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए...
हेटौंडा–११ मा रक्तदान कार्यक्रम सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तादान कार्यक्रमको आयोजना गरेको छ । संस्थाले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा...
गाई मारेको आरोपमा पक्राउ
काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय वर्ष २८ को जनक आग्री रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार, जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको थियो । राजकोट–५ स्थित...
शनिबारबाट मौसममा सुधार हुने
काठमाडौं । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान...
बेलायतबाट एक लाखभन्दा बढी डोज खोप नेपाल आइपुग्यो
काठमाडौं । बेलायतले दिने भनिएको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको एक लाख ३० हजार एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् । राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै...
पहिरोमा परी एकै परिवारका तीन जना बेपत्ता, एक घाइते
बुटवल । पूर्वी नवलपरासीमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका हुन् भने एक जना घाइते भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् । उनका अनुसार, चारघरेका...
कुवेतमा एक नेपाली महिलाको मृत्यु
पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । नेपाली...
पेट्रोलियम पदार्थको मुल्य साढे ६९ प्रतिशतले बढ्दा सुनको मुल्य १ प्रतिशतले बृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ६९ दशमलव ५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १ दशमलव १ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९ दशमलव ५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४ दशमलव ५३ अमेरिकी...










