गाई मारेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र ११, शुक्रबार १५:०१

काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय वर्ष २८ को जनक आग्री रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार, जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको थियो ।

राजकोट–५ स्थित छात्रबास फलामे पुलमा गाई मारेको सुराक पाएपछि उनलाई अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिप्रका बझाङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।