समाचार

माधव नेपाल पक्षका यी केन्द्रीय सदस्य र सांसदले गरे सनाखत

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई...

खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी–१० का रामलखन खङ्गको ३ वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । ती बालिका घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा...

बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने

काठमाडौं । आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ । विभागका अनुसार आज रातिदेखि उक्त न्यून...

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३२ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ३ ख ८०३० नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकको सनाखत भैसकेको छैन् । लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा ३४ जना सवार...

माधव र महन्थको दल दर्ताको लागि निर्वाचन आयोगमा सनाखत सकियो

काठमाडौँ । निर्वाचन आयोगमा माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि सनाखतको काम सकिएको छ । आयोगले आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्ने जनाएको छ । नेताहरुको भनाइअनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगिसकेको छ । यसअघि नेकपा एमालेबाट अलग भएका नेपालले...

एमालेका नेताहरुलाई माधव नेपालले डाँडामा लगेर थुने –ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेताहरुलाई माधव नेपालले डाँडामा लगेर जबरजस्ती थुनेर राखेको आरोप लगाएका छन् । उनले माधव नेपालको यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको भन्दै टिप्पणी समेत गरेका छन् । एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती...

एकसाता नबित्दै मुख्यमन्त्री शाक्यलाई सत्ता जोगाउन सकस

मकवानपुर । बागमती प्रदेशमा सरकार परिवर्तन भएको एकसाता नबित्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (बोहरा) लाई पद जोगाउन समस्या हुने देखिएको छ । भदौ २ गते बुधबार बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा संसदीय दलको बहुमत प्राप्त नेता अष्टलक्ष्मी शाक्यलाई...

रामचन्द्र पौडेल पक्षको बैठक चाक्सीबारीमा

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा नेतृत्व चयनका लागि गुटगत छलफलले तीब्रता पाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु आज बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भइरहेको जनाइएको छ । पूर्वमहामन्त्री प्रकाशमान...

माओवादी केन्द्र बागमती प्रदेशको इन्चार्जमा शाक्य

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको इन्चार्जमा हितमान शाक्य चयन भएका छन् । माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सह–इञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेसँगै बागमती प्रदेशको इन्चार्जमा शाक्य चयन भएका हुन् । यस्तै, माओवादी बागमती प्रदेशको सह–इन्चार्जमा हितबहादुर तामाङ, शशी श्रेष्ठ, सुर्य सुवेदीले जिम्मेवारी...

नेपाल र ठाकुरको दल दर्ता प्रकृया आज टुंग्याउने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रकृया आज (बुधबार) टुंगो लागउने तयारी गरेको छ । आयोगले नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रकृया आज टुंगो लगाउने तयारी गरेको हो । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि...