बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३२ जना घाइते

तु खबर संवाददाता
२०७८ भाद्र ९, बुधबार १४:४८

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा ३ ख ८०३० नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकको सनाखत भैसकेको छैन् । लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा ३४ जना सवार थिए । तीमध्ये दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य ३२ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ भने १३ जनाको स्थानीय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।