एकैदिन ४८ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०७८ भाद्र ९,बुधबार १६:१८

काठमाडौं । आज बुधबार नेप्से परिसूचक ४८ अंकले घटेको छ । बुधबार एकैदिन नेप्से परिसूचक ४८ दशमलव ४२ अंकले घटेर ३ हजार ७६ दशमलव ४४ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशिकाको कारण पुँजि बजारमा आतंक फैलिएको हो ।

कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि ४ अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ ।

यसअघि मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

आज सबै उप समुह राताम्ये बनेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समुहको २.८४ र विकास बैंक समुहको २.८१ प्रतिशतले घटेको छ ।