मकवानपुरमा निषेधाज्ञा भदौ २० गतेसम्म लम्बियो
मकवानपुर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज (बुधबार) बसेको बैठकले जारी निषेधाज्ञालाई आगामी भदौ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
बैठकले भोलि भदौ १० गते राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
बैठकले खाद्य तथा गैर खाद्य सामाग्री बिक्रीवितरण गर्ने पसलहरु विहान ६ बजेदखि बेलुका ६ बजेसम्म खोल्न अनुमति दिएको छ ।
यसैगरी, बैठकले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरुले अनिवार्य रुपमा मापदण्ड पुरा गरी संचाल नगर्न अनुमति दिएको छ ।
त्यस्तै, सार्वजनिक सवारीसाधनको हकमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी संचालन गर्न पाइने अनुमति दिएको छ ।
