समाचार
आजदेखि कांग्रेसको वडा अधिवेशन सुरु
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरु हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका ५६ जिल्लाका वडामा आजदेखि अधिवेशन शुरु हुने भएको हो । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको बताइएको छ । ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक...
मकवानपुरमा मोबाइल खाता एप्लिकेशन सार्वजनिक
मकवानपुर । मकवानपुरमा वेदान्त टेक्नोलोजी प्रालिले व्यवसायीहरुको सहजताका लागि मोबाइल खाता एप सार्वजनिक गरेको छ । कम्पनीले बिहिबार हेटौंडामा पत्रकार सम्मेलनमार्फ मोबाइलमा नै राख्न मिल्ने गरी मोबाइल खाता एप्लिकेशन सार्वजनिक गरेको हो । सो कम्पनीले ‘मोबाइल हातमा, खाता साथमा’ भन्ने मुल नारासहित परम्परागत खाता राख्ने प्रविधिलाई डिजिटल बनाउँदै मोबाइल...
आज पनि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै महाशाखाले प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि...
न्यूयोर्कमा आएको भीषण बाढीमा ३ नेपालीको मृत्यु
अमेरिका । अमेरिकाको न्यूयोर्कमा आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा...
हेटौंडा उपमहानगरपालिकाकी उपमेयरसहित २५ जना एकीकृत समाजवादीमा
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामासहित २५ जनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार मकवानपुरका सबै स्थानीय तहका २५ जना प्रतिनिधिहरुले प्रदेश निर्वाचन कार्यालय हेटौँडामा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।...
कोरोना संक्रमणका कारण राप्रपा केन्द्रीय सदस्यको मृत्यु
काठमाडौं । कोरोना संक्रमणका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ । दाङको घोराही–७ सौडियार बेलहरि बस्ने ६७ बर्षिय मजगैयाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । कोभिडको संक्रमण पुष्टि भई केही दिन यता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको...
मकवानपुरमा कांग्रेस क्रियाशिल हस्तान्तरणसँगै पार्टी कार्यालयमा सार्वजनिक
मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको क्रियाशिल हस्तान्तरण गरेसँगै पार्टी कार्यालयमा सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट खटाइएका जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बिहीबार मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरेसँगै मकवानपुरका क्रियाशील सदस्यहरूको नामावली जिल्ला पार्टी कार्यालयमा सार्वजनिक गरि टाँस गरिएको छ ।...
अध्यक्ष थापाद्वारा राप्रपा बकैया गाउँपालिकाको कार्यालय उद्घाटन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको बकैया गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरिएको छ । आज (बिहीबार) राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले बकैया गाउँपालिका–३ हात्तीसुँडेमा पार्टी कार्यालय उद्घाटन गरेका हुन् । पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले सत्तामा पुग्न र टिक्क बिदेशिको मुख ताक्ने आत्मसमर्पणबादी मानसिकता र प्रवृत्तिले मुकुकको...
मकवानपुरमा थप ३६ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, ९२ जनामा पीसीआर परीक्षण गर्दा २८ जना...
अपडेट–हेटौंडामा भेटिएको शवको सनाखत
मकवानपुर । मकवानपुरको हेटौंडामा आज (बिहिबार) दिउँसो भेटिएको शवको सनाखत भएको छ । दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सिवम् सिमेन्ट पछाडी कर्रा खोलामा भेटिएको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उक्त शव मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ शिखरकटेरी बस्ने...








