कोरोना संक्रमणका कारण राप्रपा केन्द्रीय सदस्यको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र १८, शुक्रबार ०७:५४
filr-photo

काठमाडौं । कोरोना संक्रमणका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ ।

दाङको घोराही–७ सौडियार बेलहरि बस्ने ६७ बर्षिय मजगैयाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।

कोभिडको संक्रमण पुष्टि भई केही दिन यता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको उनको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।