समाचार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेका कारण हाल देशभर सामान्य बदली रहि प्रदेश नं १ का...
खोलाले कार बगाउँदा ४ जनाको मृत्यु
घोराही । दाङमा घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३–०१–२४ च ४४४० नम्वरको कारलाई खोलाले बगाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–१३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया...
भीमफेदीका विद्यार्थीलाई भदौ १८ गते कोरोनाविरुद्धको खोप लगाइने
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका विद्यार्थीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको एस्ट्राजेनेका खोप भदौ १८ अर्थात भोलि शुक्रबार लगाइने भएको छ । गाउँपालिकाले पालिका अन्तरगत खोप केन्द्र तोकेर १८ वर्ष माथि उमेर समूहका उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई भोलि खोप लगाइने भएको हो । गाउँपालिकाले भीमफेदी–६ स्थित श्री...
मकवानपुरमा विद्यालय संचालनको लागि आज प्रतिवेदन पेश हुने
मकवानपुर । लामो समयदेखि बन्द रहेका मकवानपुरका विद्यालयहरु सञ्चालन गर्ने विषयमा आज जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश हुने भएको छ । कोरोनाका कारण बन्द रहेका विद्यालय सञ्चालनका लागि अध्ययन गर्न गत साता गठन भएको कार्यदलले आज (बिहीबार) जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सो सम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्ने भएको हो...
‘मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अब केही दिन मात्रै’
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु अब केही दिन मात्रै रहेको बताएका छन् । नेता बानियाँले बुधबार साँझ नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार २ साता...
कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने
काठमाडौं । कोरोना महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले कोरोना महामारीका कारण गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमै...
मकवानपुरका थिङ पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले वन मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७५ साल चैत्र २७ गतेको फैसलाले वन मुद्दामा ३ लाख ५७ हजार ४ सय ६० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको बकैया...
कांग्रेस मकवानपुर वडा अधिवेशनसंगै संगठनमा विस्तार अभियानमा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस वडा अधिवेशनसंगै स्थानीय तहको संगठन विस्तारको अभियानमा जुटेको बताएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेता बानियाँले भदौ २० गते मकवानपुरको १०२ वटै वडाको अधिवेशन हुने र सोही क्रममा वडास्तरबाटै संगठन विस्तारको अभियानलाई...
कांग्रेस मकवानपुरको वडा अधिवेशन भदौ २० गते हुने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आगामी भदौ २० गते हुने भएको छ । बुधबार पार्टी कार्यालयमा बसेको कांग्रेस मकवानपुरको बैठकले वडा अधिवेशन भदौ २० गते गर्ने निर्णय गरेको हो । मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी...
विभिन्न पार्टी परित्याग गरी बकैयाका ४८७ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज (बुधबार) नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्वर ३ को आयोजनामा भएको एक कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४८७ जना कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा एमालेको...









