समाचार

सानिमा लाईफको पहिलो कारोबार ३०९ रुपैयाँ

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को पहिलो कारोबार ३०९ रुपैयाँ भएको छ । नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको...

आज नेप्से परिसूचक ५० अंकले घट्यो

काठमाडौं । साताको कारोबार अन्तिम दिन नेप्से परिसूचक ५० अंकले घटेको छ । नेप्से परिसूचक ५० दशमलव २८ अंकले घटेर २ हजार ९ सय २६ दशमलव ७४ विन्दुमा कायम भएको छ । बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९...

काँग्रेसको १४ औं महाधिवेशन रोक्न सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बिहिबार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत अहाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा...

थप २००४ जनामा कोरोना पुष्टि, १८४८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसीआर...

हेटौंडामा एक पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको हेटौंडामा एक जनाको शव फेला परेको छ । आज (बिहिबार) दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उक्त घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी छ । हाल...

मकवानपुरका विद्यालय आइतबारदेखि संचालनमा आउने

मकवानपुर । लामो समयदेखि बन्द रहेको मकवानपुरका विद्यालयहरु आइतबारदेखि संचालनमा आउने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण महामारीका कारण बन्द रहेको मकवानपुरका विद्यालय आइतबारदेखि संचालनमा आउने भएको हो । आज (बिहिबार) बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जिल्लाको स्थानीय तहलाई संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न...

नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पोखरेल

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन् । मकवानपुर जिल्ला भेला तथा रुपान्तर कार्यक्रमले पोखरेलको संयोजकत्वमा २५५ सदस्यीय जिल्ला कमिटि घोषणा गरेको हो । यस्तै, पार्टीको उपाध्यक्षमा मिना लामा र सचिवमा विष्णु दाहाल चयन भएका छन् । नेकपा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्व...

पूर्वसचिव श्रीकान्त रेग्मीको निधन

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । रेग्मीको आज (बिहिबार) बिहान ७१ वर्षको उमेरमा निधन भएको हो । केही वर्षदेखि मृगौला र मधुमेह रोगबाट पीडित रहेका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो । लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रूपमा...

देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले देशभर पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी विघटन भएर माओवादी ब्युँतिएसँगै माओवादीले पार्टीको नाममा रहेको सम्पत्ति संकलन गर्न लागेको माओवादी पार्टी कार्यालय स्रोतले जनाएको छ । स्रोका अनुसार पार्टी र पार्टी अन्तर्गतका जनवर्गीय तथा मोर्चा संगठनका नाममा रहेका...

मलेसियामा एक नेपाली युवाको मृत्यु

बैतडी । यहाँ घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा...