आज नेप्से परिसूचक ५० अंकले घट्यो

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १७:१४

काठमाडौं । साताको कारोबार अन्तिम दिन नेप्से परिसूचक ५० अंकले घटेको छ ।

नेप्से परिसूचक ५० दशमलव २८ अंकले घटेर २ हजार ९ सय २६ दशमलव ७४ विन्दुमा कायम भएको छ ।

बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक आज सबै राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूहमा ३४२ दशमलव २ अंकले घटेको हो ।

त्यस्तै निर्जीबन बीमा समूहमा २३३।८४ अंकले घटेको हो ।