समाचार
बागमती प्रदेशका १३ जना सांसद्ले रोजे एकीकृत समाजवादी
मकवानपुर । बागमती प्रदेश सभा सदस्य मिना नेपाल ज्ञवालीले पनि माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेकी छिन् । शुक्रबार प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा पुगी ज्ञवालीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । यससंगै बागमती प्रदेशमा एमाले परित्याग गरी एकीकृत समाजवादी रोज्ने सांसदको...
पछिल्लो २४ घण्टामा २२७४ कोरोना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ ।...
बेलायतमा कोरोना सङ्क्रमणको दर अझ बढ्न सक्ने
बेलायत । बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन् । शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताएका हुन् । उनले भनेका छन् कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन्...
पर्वत पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो
पर्वत । पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० जना पुगेको छ । जिल्ला विभिन्न नगरपालिका, गाउँपालिकामा अविरल वर्षासँगै गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको हो । अविरल वर्षासँगै कुश्मा नगरपालिका–३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ...
बस दुर्घटना हुँदा १५ जना घाइते
सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बस सल्यानको कपुरकोट गाउँपालिका –३ मूलपानी भन्ने स्थानमा आज (शुक्रबार) दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । दाङबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख १७९२ नम्बरको बस सडकको भित्तामा ठोक्किएर...
बागमती नदीमा शव फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमती नदीमा शव फेला परेको छ । बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतक बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल...
हेटौंडा युनिलिभर चिया उद्योगमा सिलबन्दी
काठमाडौं । हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेडमा चिया उद्योग सिलबन्दी गरिएको छ । नापतौल तथा गुण नियन्त्रण कार्यालयको टोलीले म्याद सकिएको चियापति फेला परेपछि चिया उद्योग सिलबन्दी गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरसहितको अनुगमन टोलीले उक्त उद्योगमा रहेको चियापपति म्याद सकिएको फेला पारेको थियो । प्रशासनका अनुसार गोदाममा रहेका...
हेटौंडाको कर्रा खोलाले ट्रक बगायो, दुई जना बेपत्ता
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित कर्रा खोलाले एक ट्रक बगाएको छ । आज दिउँसो (शुक्रबार) शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउँदै गरेको ना ४ ख १४४० नम्वरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उक्त ट्रक खोलाले बगाउँदा...
ढुंगाले किचेर तामाङको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन सानिमा हाइड्रोपावरमा ढुङ्गाले किचेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेको प्रहरीले जनाएको छन् । प्रहरीका अनुसार, बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरेर किचेर उनको घटनास्थलमा नै मृत्यु भएकोहो । जिल्ला...
पहिरोले पुरिएर पाँचको मृत्यु
पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११...








