बागमती नदीमा शव फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बागमती नदीमा शव फेला परेको छ ।
बागमती नदीमा काभ्रेपलाञ्चोकको शारदा बतासे–८ घर भएका बिक्रम तामाङको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मृतक बिक्रम काठमाडौंमा सवारी चालकको काम गर्दै आएका थिए ।
उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
