हेटौंडा युनिलिभर चिया उद्योगमा सिलबन्दी
काठमाडौं । हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेडमा चिया उद्योग सिलबन्दी गरिएको छ ।
नापतौल तथा गुण नियन्त्रण कार्यालयको टोलीले म्याद सकिएको चियापति फेला परेपछि चिया उद्योग सिलबन्दी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरसहितको अनुगमन टोलीले उक्त उद्योगमा रहेको चियापपति म्याद सकिएको फेला पारेको थियो ।
प्रशासनका अनुसार गोदाममा रहेका ९२० बोरामा कच्चापदार्थ म्याद सकिएको चियापति फेला परेको हो ।
३२ टन बढी चियापतिको म्याद सकिएको पाएपछि उद्योग सिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
म्याद सकिएको उक्त परिणामको चियापति परीक्षण गर्न नापतौल तथा गुण नियन्त्रण विभागमा पठाइएको जनाइएको छ।
