समाचार

हेटौंडा ७ मा माओवादी निकट महिला संघको भेला

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको हेटौंडा उपमहानगरपालिका –७ नम्बर वडामा नयाँ नेतृत्व चयन भएको छ । आज भएको भेलाले अध्यक्षमा राधिका बिक र सचिव मिना अधिकारी सहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य...

शाक्य र आचार्यले एकीकृत समाजवादी रोजे मुख्यमन्त्री पद जोगिन्छ – झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले क्रमश प्रदेश नं १ र बागमती प्रदेशको मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यले एमाले परित्याग गरेमा पद सुरक्षित रहने बताएकी छिन् । उनले आचार्य र शाक्यले एकीकृत समाजवादी रोजेमा उनीहरुलाई नै विश्वासको मत दिने बताएकी हुन् । शनिबार विराटनगरमा पत्रकारहरुसंग कुराकानी...

ट्रेड युनियन महासंघ हेटौंडाको अध्यक्षमा खतिवडा

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा ठाकुरदत्त खतिवडा चयन भएका छन् । आज हेटौंडामा भएको भेलाले खतिवडाको अध्यक्षतामा २१ सदस्यीय उपमहानगरपालिका कमिटी गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बलराम पौडेल, सचिव लक्ष्मण छतकुली, सह–सचिव नकुल अगस्ती, कोषाध्यक्ष केदार खड्का, सदस्यहरुमा...

कर्रा खोलाले बगाएर बेपत्ता भएका २ जना अझै भेटिएनन्

मकवानपुर । शुक्रबार हेटौंडाको कर्रा खोलाले बगाएर बेपत्ता भएका २ जना हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निरन्तर बर्षापछि कर्रा खोलामा आएको बाढीले ट्रकसहित उनीहरुलाई बगाएको थियो । प्रहरीले शुक्रबार नै ट्रक फेला पारे पनि चालक र अर्का एकजना फेला नपरेका हुन् । उनीहरुको विहानैदेखि...

कार्यकर्ता भेट्दाको धपेडीले एमाले अध्यक्ष ओली बिरामी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि एमालेका नेता तथा कार्यकतासंग भेटघाटमा सक्रिय भएका उनलाई धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन् । स्वास्थ्य समस्या देखिएसंगै उनले...

विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु

गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला...

असारयता बाढी पहिरोबाट गण्डकी प्रदेशका ३४ जनाले ज्यान गुमाए

काठमाडौँ । गण्डकी प्रदेशमा असारयत बाढी पहिरोका कारण ३४ जना ज्यान गुमाएका छन् । कास्की र पर्वतमा विहीबार र शुक्रबार मात्रै पहिरोमा परी १८ जनाको ज्यान गरेको छ । पहिरोकै कारण पोखरा–बागलुङ जोडने मुख्य राजमार्गसमेत अवरुद्ध बन्न पुगेको छ । भूपी शेरचन राजमार्गका अधिकाशँ स्थानमा पहिरो झरेको छ भने...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति...

मकवानपुरमा भौतिक उपस्थितिमा पठनपाठन कहिलेबाट ?

मकवानपुर । मकवानपुरमा भौतिक उपस्थितिमा पठनपाठन हुन अझै एक हप्ता लाग्ने भएको छ । उपमहानगरले सोमबार विद्यालय सञ्चालन कार्यढाँचा पेश गर्न विज्ञप्ति जारी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाईले पनि पालिकाहरुमा विद्यालय, सञ्चालन कार्यढाँचा पेश गर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्ण...

सत्तापक्षले संवैधानिक अङ्ग कब्जा गर्न खोज्दा प्रजातन्त्र कमजोर भयो – कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले सत्तापक्षबाटै संवैधानिक अङ्ग कब्जा गर्न खोजिँदा प्रजातन्त्र कमजोर हुँदै गएको बताएका छन् । उनले नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएकोसमेत बताए । आज मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युवा संगठनद्वारा आयोजित अगुवा...