आजदेखि कांग्रेसको वडा अधिवेशन सुरु

तु खबर संवाददाता
२०७८ भाद्र १८, शुक्रबार ०९:१३

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरु हुँदैछ ।

हालसम्म क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका ५६ जिल्लाका वडामा आजदेखि अधिवेशन शुरु हुने भएको हो ।

नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको बताइएको छ । ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्री समेत पठाइ सकिएको छ ।

कांग्रेसले आजदेखि भदौ २३ गतेसम्मका लागि वडा अधिवेशन गर्न समय तोकेको छ ।

कांग्रेसले अझै २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न बाँकी रहेको छ ।