समाचार

घरजग्गा मूल्याङ्कनमा राष्ट्र बैंकको विभेदकारी नीति खारेज हुनुपर्छ: सांसद लामा

काठमाडौं । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल राष्ट्र बैंकको हालको घरजग्गा मूल्याङ्कन सम्बन्धी नीतिलाई विभेदकारी भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। प्रतिनिधि सभामा बोल्दै सांसद लामाले राष्ट्र बैंकले सहरी क्षेत्रका घरजग्गाको मात्रै मूल्य बढाएर मुलुकको समग्र विकास सम्भव नहुने भन्दै यस्तो बताएका हुन् ।...

सगरमाथा संवादबाट प्रधानमन्त्री ओलीको उद्घोष: ‘हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको नामबाट सुरु गरिएको सगरमाथा संवादले केवल चर्चा वा विमर्शमा मात्र सीमित नभई साझा संकल्पको रूप लिनुपर्नेमा जोड दिएका छन्। सगरमाथा संवादको उद्घाटन सत्रमा मन्तव्य दिंदै उनले जलवायु परिवर्तनको संकट र त्यसको असरबाट सबैभन्दा बढी पीडित हुने मुलुकहरूमध्ये नेपाल पनि...

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठकका पछिल्ला बैठकहरु (बैशाख २५ गते र बैशाख ३१) ले लिएका निर्णयहरु सार्वजनिक भएका छन् । दुई वटा बैठकमा विभिन्न २२ वटा निर्णय भएका छन् । जसमा नेपाल प्रहरीका एआईजी सुदिप गिरीलाई दुवईमा आयोजना भएको (बैशाख ३१ देखि जेठ १ गतेसम्म) वर्ल्ड पुलिस समिटिमा भाग लिन...

नारी संरक्षण केन्द्रद्वारा शैक्षिक समाग्री वितरण

हेटैंडा । नारी संरक्षण केन्द्रले आज एक कार्यक्रमका आयोजना गरी शैक्षिक समाग्री वितरण गरेको छ। सुरक्षा र शिक्षा परियोजनाको सामुदायिक बालबालिका छात्रवृत्ति कार्यक्रम अन्तर्गत ती छात्रवृत्ति वितरण गरिएको आयोजक संस्थाले जानकारी दिएका छ । नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा कुमारी गुरुङको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का...

हेटौंडामा झण्डै एक लाख रूपैयाँ नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौं । हेटौंडामा झण्डै १ लाख रूपैयाँबराबरको नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–८ का रामकृष्ण अधिकारी रहेको छन्। प्रहरीले उनको साथबाट ५ सय रुपैयाँका १८६ थान नक्कली नोट बरामद गरेको छ। मकवानपुर प्रहरीले बिहीबार राति करीब १ बजे पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अधिकारीलाई पक्राउ...

टेरामक्स खरिद प्रकरणमा सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले बस्नेतसहित पूर्व...

प्रतिनिधिसभा बैठक बस्दै, दुई समितिले वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेको लागि तय भएको छ । सो बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले...

सरकारद्वारा सत्य निरुपण र बेपत्ता छानबिनआयोगका अध्यक्ष र सदस्य नियुक्त

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सिफारिसका आधारमा अध्यक्ष तथा अन्य सदस्यहरु नियुक्त गरेको हो । सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश महेश थापा तथा बेपत्ता...

राईलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा सांसद राईलाई पक्राउ गरिएकोमा थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो...

कुलेखानी–कलंकी–हुमाने सडक बन्द हुने

काठमाडौं । कुलेखानी–कलंकी–हुमाने सडकखण्ड जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना प्रकाशित गर्दै सडक निर्माणका लागि पूर्ण रुपले बन्द गर्न लागिएको जानकारी दिएको छ । काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको...