समाचार
डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ स्थित सिमानामा बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ । आज सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका पाइपहरु बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । गत अशोजमा आएको...
रसुवा नाकाबाट सात किलो सुन बरामद
काठमाडौँ । रसुवा नाकाबाट ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार चीनबाट नेपालतर्फ आउँदै गरेको एक ट्रकमा लुकाइछिपाई ल्याइँदै गरेको अनुमानित ७.५ किलो सुन बरामद गरिएको हो। प्रहरीले सो ट्रकका चालकलाई पक्राउ गरेको छ भने बरामद सुनको परिमाण जोख्ने काम भइरहेको छ। पछिल्लो समय...
आयल निगमका कार्यकारी निर्देशक डा. भट्टलाई कारबाही गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टलाई कारबाही गर्ने तयारी गरेको छ । अनियमिततामा संलग्न रहेको आरोप लागेसँगै उनलाई पदबाट बर्खास्त गर्ने तयारी सरकारले गरेको हो । अनियमितता र कार्य सम्पादनमा कमजोरी देखिएको ठहर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्टीकरण सोधेको छ । आज...
प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकलाई समितिमा पठाइने
काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान बस्ने भएको छ । बिहान ११ बस्ने तय भएको सो बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । त्यसैगरी,नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा,...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३९ जना पक्राउ
काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित १३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका७ बस्ने ३८ वर्षीय जोनी राई, सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय अशोक कटुवाल, लेटाङ नगरपालिका-६ बस्ने ३२ वर्षीय...
नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । नक्कली सुनको मुर्ति देखाई ठगी गरेको अभियोगमा संखुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेललाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सुनको (बुद्ध भगवानको) मुर्ति सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-४ घर भएका ३९ वर्षीय पुरूषसँग...
पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजागारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका-१ घर भएका ३५ वर्षीय हिक्मत कुमार थापा र काठमाडौं महानगरपालिका-२९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका-८ घर...
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
काठमाडौँ । सगरमाथा संवादका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगो विकासका लागि विदेश मन्त्रालयका सहायक मन्त्री अब्दुल्ला बलालाले परराष्ट्र मन्त्री डा। आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार, शिष्टाचार भेटका क्रममा दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ...
रवीन्द्र मिश्रलाई थुनमुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायधीशहरु कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । मिश्रबिरुद्धको अधिकांश प्रमाणहरु संकलन भइसक्दा पनि प्रमाण संकलनका लागि भन्दै निरन्तर ५० दिनदेखि थुनामा राखिएकोमा सो थुना गैरकानूनी...








