प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा

तु खबर संवाददाता
२०८२ जेष्ठ १६, शुक्रबार १६:१३

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसएसपीहरू डीआईजीमा बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले ११ जना एसएसपीहरुको बढुवा गरिएको जनाएको छ । उनीहरुलाई पदस्थापन समेत गरिएको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका सूचनामा उल्लेख छ ।