आज भोटो जात्राः काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । आज काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदैछ। यस अवसरमा सरकारले आज काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ।
भोटो जात्रा रथयात्राको अन्तिम दिनमा मनाइने परम्परागत पर्व हो जुन प्रत्येक वर्ष बुङ्गद्यो (रातो मच्छिन्द्रनाथ) को रथ तानेर आयोजना गरिन्छ। रथलाई जावलाखेलसम्म पुर्याएर विशेष पूजा गरिनुका साथै भक्तजनको उपस्थितिमा भोटो देखाउने परम्परा छ।
सरकारले सार्वजनिक बिदा दिएसँगै उपत्यकाका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरू पनि आज बन्द रहनेछन्।
