समाचार

११ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक...

राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा। विश्व पौडेल नियुक्त भएका छन् । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । आज बसेको गभर्नर सिफारिस समितिको बैठकले डा. पौडेलसहित ३ जनाको नाम सिफारिस गरेको थियो । सो सिफारिसमा उनको नाम पहिलो नम्बरमा थियो ।...

जमिनमा भासिएको गाडीका पार्टपूर्जा भेटियो

हेटौंडा । बैशाख १६ गते हेटौंडा उपमहानगरपालिका वडा नं. १६ गौरीटारमा सडक भासिएर पुरिएका गाडीको अवशेष भेटिएको छ । जेसिबीको प्रयोग गरेर गाडीको खोजी गरिएकोमा गाडीका टुक्राहरु भेटिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी सडकमै गाडिएपछि लगातार खोजी गरिए पनि...

गभर्नर सिफारिस समितिको बैठक सुरु

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका पूर्व गभर्नर...

डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गर्ने आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं । गर्भनर नियुक्तिको लागि चर्चामा रहेका डा. विश्व पौडेल विरुद्धको रिट दरपिठ गर्ने आफ्नो प्रशासनको आदेश सही भएको सर्वोच्चले ठहर गरेको छ । दरपिठ विरुद्ध आफ्नो रिट निवेदन दर्ता हुनुपर्ने माग राखी सर्वोच्चमा पेस गरिएको निवेदन सुनुवाइ गर्दै न्यायधीश सपना मल्ल प्रधानको इजलासले सो रिट दरपिठ गर्ने आफ्नो...

बिजुली नआए ११५० मा कल गर्नूः विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बिजुली नआए ११५० हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। प्राधिकरणले आँधी, चट्याङ र भारी वर्षका जस्ता प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाहीँ विद्युत आपूर्तिमा समस्या आउन सक्ने जनाएको छ। विद्युत आपूर्तिमा प्रणालीगत अवरोध वा स्थानीय अवरोधका कारण...

रवि लामिछानेको निवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायधीशहरु डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सो रिट सुनुवाइ भइरहेको हो । लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले रिट...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रस्ताव गरेको संशोधित दफासहितको विधेयक पारित भएको हो । यसअघि प्रतिनिधिसभामा पेस भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो। छलफलपछि तयार पारिएको प्रतिवेदनसहित मन्त्री खड्काले विधेयक...

सर्वोच्चद्वारा बीमा प्राधिकरण अध्यक्षको नियुक्ति सम्बन्धी सक्कल फाइल झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको प्रमाणीकरणका लागि नियुक्ति सम्बन्धीमन्त्रिपरिषद्को फाइल झिकाउन आदेश दिएको छ । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो। ओझाको विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७...

बागमती प्रदेशसभा बैठक सुरु, नेताहरुको शुभकामनापछि स्थगित हुने

हेटौंडा । बागमती प्रदेशसभाको सोह्रौं अर्थात् बजेट अधिवेशनको सोमबार ढिलो गरी सुरु भएको छ । निर्धारित समयभन्दा ३ घण्टा ढिलो गरी बैठक सुरु भएको हो । आइतबार र सोमबार बिहान दुई पटक सर्वदलीय बैठक बसे पनि सरकार र विपक्षबीच सहमति हुन नसकेपछि बैठक निर्धारित समयमा सुरु हुन नसकेको छ...