सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

तु खबर संवाददाता
२०८२ जेष्ठ २१, बुधबार ११:५४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ