समाचार
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकम सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म...
पाकिस्तानले युद्ध विरामको उलङ्घन गरेको भारतको आरोप
नयाँ दिल्ली । पाकिस्तानले युद्ध विरामको उलङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिसरीले पछिल्लो केही घण्टादेखि पाकिस्तालने युद्ध विरामको उलङ्घन गरिरहेको छ र यसको कडा प्रतिवाद गर्न निर्देशन दिइएको बताए । युद्ध विराम पछि पाकिस्तानले यसको उलङ्घन गर्दै भारतका धेरै ठाउँमा आक्रमण गरेको भारतको...
गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको स्वर्णिम वाग्लेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको आरोप लगाएका छन् । पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शनिबार उनले यस्तो आरोप लगाएका हुन् । वाग्लेलले दुई ठूला दलबीचका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने बिषयमा होडबाजी...
भारत–पाकिस्तानबीच युद्धविराम घोषणा
काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुबै देशका उच्च अधिकारीहरुले युद्ध विराम भएको घोषणा गरेका हुन् । युद्ध विराम तत्काल लागू हुने समेत उनीहरुले जानकारी दिएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी दिएका हुन् । भारत र पाकिस्तानबीच...
भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’
काठमाडौं । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको छ । पाकिस्तानले बुनयान उल मरसुस नाम दिएर जवाफी कारवाही सुरु गरेको अन्तर्राष्ट्रिय संचार माद्यमहरुमा उल्लेख छ । सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै अलजजिराले पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख...
शीतलनिवासमा राष्ट्रपति पौडेल र माओवादीका अध्यक्ष प्रचण्डबीच भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । के कस्ता विषयहरुमाथि छलफल भयो भन्ने बारे भने सचिवालयले केही खुलाएको छैन । पछिल्लो...
नीति तथा कार्यक्रममाथि सांसद चन्द्रबहादुरले दिए मौन प्रतिक्रिया
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् । शुक्रबार उनको नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे ।...
पाकिस्तानद्वारा भारतमाथि प्रत्याक्रमण सुरु, दिल्लीसहित भारतका १० शहरमा निशाना
काठमाडौं । तीन दिनअघिदेखि भारतले सुरु गरेको अप्रेशन सिन्दुरका विरुद्धमा पाकिस्तानले आजदेखि औपचारिक रुपमा प्रत्याक्रमण सुरु गरेको छ । पाकिस्तानी सेनाले भारतविरुद्धमा बुनयान उल मार्सोस सुरुवात गरेको छ । आज पाकिस्तानले भारतको राजधानी नयाँ दिल्लीसहित १० स्थानमा आक्रमण गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ । यद्यपि नयाँ दिल्लीस्थित सैनिक...
पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २७ विमानस्थल
काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको सञ्चार माद्यमहरुले जनाएका छन् । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतीय नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु बन्द गरेको हो । पाकिस्तानले बिहीबार राति भारतमा मिसाइल आक्रमण गरेको थियो । जम्मु विमानस्थलमा गरिएको भनिएको सो आक्रमणपछिका विवरणहरु भने प्राप्त भएका छैनन्...
प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका दुई शीर्ष नेताहरूबीच भेटवार्ता भएको र साथमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल उपस्थित थिए । प्रधानमन्त्रीको...









