समाचार

डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता सम्बन्धी विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले मागेको बिल समयमा उपलब्ध गराउन नसक्दा कानुनी अड्चन सिर्जना भएको बताए। तर अब...

सिलाई कटाइ तालिम समापन गर्दै मेसिन वितरण

मकवानपुर । हेटौडामा नारी संरक्षण केन्द्रले आधारभुत सिलाई कटाइ तालिम समापन गरी  मेसिन समेत वितरण गरेका छन् । एक कार्यक्रमका बीच सुरक्षा र शिक्षा परियोजना अन्तर्गतको आधारभुत सिलाई कटाइ तालिम समापन तथा मेसिन वितरण गरिएको हो। कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा भएको...

हेटौंडा सिमेन्ट निजीकरणको विरोधमा स्थानीय सडकमा

काठमाडौँ । सरकारले हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीयहरु आन्दोलित भएका छन्। सरकारी स्वामित्वमा रहेको यो उद्योगलाई निजी क्षेत्रलाई सस्तो मूल्यमा बेच्ने तयारी भएको भन्दै आज चैत २५ गते नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले सडकमा विरोध प्रदर्शन गरेको छ। सरकारले बैशाख १५ गतेको मन्त्रिपरिषद्को...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम

काठमाडौं । लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिका, नेपाल औषधी व्यवसायी संघ...

धितोपत्र बोर्डबाट अख्तियारले ८९ कम्पनीको फाइल लियो नियन्त्रणमा

काठमाडौं । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डबाट ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ । फाइल नियन्त्रणमा लिएसंगै यस विषयमा अनुसन्धान थालिएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार बुधबार दिउँसो धितोपत्र बोर्डमा पुगेर अख्तियारका अधिकारीले...

राष्ट्रसंघका महासचिव गुटेरेसले भने, ‘सैन्य समाधान कुनै समाधान होइन’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत पाकिस्तान युद्धका सन्दर्भमा सैन्य समाधान कुनै समाधान नभएको बताएका छन् । उनले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको गुटेरेसले बताए । नागरिकहरूलाई निशाना बनाउनु...

मकवानपुरमा बोलेरो दुर्घटना, ९ जना घाइते

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते मध्ये ६...

४० लाख हुण्डीको रकमसहित भारतीय र नेपाली नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित एक जना भारतिय र एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार...

पाकिस्तानमा भारतको मिसाइल आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

काठमाडौं । भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । सो आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको अन्र्तर्राष्ट्रिय सञ्चार माद्यमहरुले जनाएका छन् । १५ दिनअघि जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोध स्वरुप पाकिस्तानमाथि आक्रमण भएको हो । भारतले सो आतंकवादी आक्रमणमा आतंकीहरुलाई पाकिस्तानले संरक्षण गरेको आरोप लगाएको छ ।...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ...