समाचार

उपभोक्ता ऐन उल्लंघन गर्ने व्यवसायहरूमा जरिवाना र कारबाही

काठमाडौं । उपभोक्ताको हित र बजारमा अनुशासन कायम गर्नका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विभिन्न उद्योग र फर्महरूको अनुगमन गरेको छ। विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाबाट गरिएको निरीक्षणमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ उल्लंघन गरेका फर्महरूलाई जरिवाना र निर्देशनसहित कारबाही गरिएको छ।...

अब नयाँ आन्दोलनको समय आयोः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पार्दै नयाँ आन्दोलन र आर्थिक क्रान्तिका लागि तयारी थालिएको बताएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको १३६औँ संस्करणका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अनेटा)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यथास्थितिवादी शक्तिसँग मिलेर सरकारमा जानु पार्टीको...

कैलालीमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। कैलाली जिल्लाको जानकी गाउँपालिका–३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधवार दिउँसो से ५ प २६६० र सुदूरपश्चिम प्रदेश ०१०१२ प ८०७५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ। जिल्ला...

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ र यो सहमतिसँगै जारी शिक्षक आन्दोलन समेत स्थगित भएको छ शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबीच सहमति विभिन्न बुँदाहरुमा सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित भएको हो । सहमति भएका बुँदाहरु मन्त्रिपरिषद्बाट पारित भएको मन्त्री रघुजी पन्तले...

सर्वोच्चको पत्र नक्कली भन्ने खुलेपछि थुनामुक्त भए रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृतको अनधिकृत पत्रका आधारमा पक्राउ परेलगत्तै उनलाई डिल्लीबजार कारागारमा लगिएको थियो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधावर दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो। सादा पोसाकमा खटिएका...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं । सुनसरी, बर्जु गाउँपालिका-३ नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ९९ किलो ३ सय ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके...

सर्वोच्च अदालतले गगन थापासँग अवहेलनासम्बन्धी मुद्दामा माग्यो लिखित जवाफ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गर्ने आदेश दिएको छ। अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्ध दायर रिटबारे सर्वोच्च अदालतको भूमिकामाथि थापाले सार्वजनिक रूपमा प्रश्न उठाएको अभिव्यक्तिलाई लिएर अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा...

गभर्नर नियुक्ति ढिलाइले अर्थतन्त्रमा असर,तत्काल नियुक्ति गर्न खतिवडाको माग

काठमाडौं । सांसद रामहरी खतिवडाले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । उनले बजेट अधिवेशनको यो समयमा मौद्रिक नीति र वित्तीय नीतिको प्रभावकारी मूल्याङ्कन गर्नुपर्ने बेला गभर्नरको अभावले स्थिति जटिल बनेको उल्लेख गरे । सांसद खतिवडाले तत्काल गभर्नर नियुक्तिका लागि सिफारिस...

फर्जी बिल बनाएर रकम हिनामिना गर्ने ९ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै उक्त कार्यमा संलग्न ९ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, ६ नम्बर वडाका अध्यक्ष श्यामबाबुर साह, पालिकाका इन्जिनियर, वडा अध्यक्षसमेत...