समाचार
करिव १८ अर्ब अवैध कारोबार गर्ने २१ जना प्रहरीको फन्दामा
काठमाडौं । करिब १८ अर्ब अवैध वित्तीय कारोबार गर्ने २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूले अवैधरूपमा रकम भित्र्याइएको आरोप प्रहरीको छ। व्युरोका अनुसार २१ जनाले १७ अर्ब, ८६ करोड, ७० लाख, ३९ हजार १०७ रुपैयाँको अवैध कारोबार...
अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैलाले गरिन् क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग
काठमाडौं । अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैला अलिएबाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई पाँच लाख रुपैयाँ बराबरको सहायता प्रदान गरेकी छिन् । शुक्रबार आकस्मिक निरिक्षण भ्रमण गर्दै उनले उक्त सहयोग प्रदान गरेकी हुन् । बिहीबार बेलुका चार्टर बिमान मार्फत दश जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएकी अलिएबा भ्रमण टोलीका सदस्यहरु सहित...
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिबारे संसदमा प्रश्न, छानविन माग
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिको विषयमा संसदमा प्रश्न उठेको छ । ओझालाई नियुक्ति गर्दा पेश भएका कागजपत्र फर्जी रहेको र उनको योग्यता अपुगेको भन्दै संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग उठेको हो । हुम्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद छिरिङ डम्दुल लामाले बीमा प्राधिकरणका...
नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशको कार्यशाला सम्पन्न
नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले २०७२ को भुकम्पको सम्झनामा एक दिवशीय कार्यशाला सम्पन्न गरेको छ । इन्जिनियर बलराम पुडासैनीको सभापतित्वमा भएको सो कार्यशालाको प्रमुख आतिथ्यमा बगमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले रहेका थिए । विपद् जोखिम न्युनिकरणमा इन्जिनियरहरुको क्षमता सुदृढिकरण सम्बन्धी सो कार्यशालाम बिशेष अतिथि नेपाल इन्जिनियरिङ...
मानव बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ
काठमाडौं । मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गे ठेगाना भएका ६७ वर्षीय चमार तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । उनी समेतले काठमाडौं चाबाहिलस्थित गलैचा बुन्ने कारखानामा काम गर्ने पीडितलाई यो...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका २ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बैतडी दशरथचन्द नगरपालिका(१ बस्ने २७ वर्षीय वीरेन्द्र सिंह भाटलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट...
प्रतिनिधिसभा सदस्य राई पक्राउ बारे सभामुखलाई सूचना
काठमाडौँ । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको विषयमा सभामुखलाई जानकारी दिएको छ । सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसरले जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी राईलाई अनुसन्धानका लागि पक्राउ गरेको र प्रहरी हिरासतमा रहेको जानकारी गराएको छ...
ओली र देउवाबीच छलफल
प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले...
आज आमाको मुख हेर्ने दिन
काठमाडौं । आज देशभर आमाको सम्मान र प्रेम प्रकट गर्ने विशेष दिन ‘आमाको मुख हेर्ने दिन’ मनाइँदै छ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्षको औँसीका दिन यो पर्व मातृभक्तिका साथ मनाइँने गरिन्छ। आज छोराछोरीहरूले आफ्ना आमाको लागि मिठा परिकार, लुगा, दक्षिणा आदिले सम्मान व्यक्त गर्छन्। आमाबाट टाढा भएकाहरूले पनि फोन,...
बृद्धाश्रमलाई खाद्यान्न सहयोग
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकीटोलस्थित ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । स्वर्गीय जानुका अधिकारी पुडासैनीको सम्झनामा उनको परिवारले आज आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । स्वर्गीय पुडासैनीकी छोरी लक्ष्मी पुडासैनीले आज आश्रममा पुगेर दाल, चामल, तरकारी, नुन, तेल, चिनि, बिस्कूटलगायतका सामग्री हस्तान्तरण गरेकी हुन्...








