समाचार

राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक...

बेलायतमा नेपाली विद्यार्थी ठगिएको विषयमा दुतावास चिन्तित

लण्डन । लण्डनस्थित नेपाली राजदुतावासले त्यहाँ नेपालीहरु ठगिएको विषयमा चिन्ता व्यक्त गरेको छ । अध्ययनका लागि युके जाने विद्यार्थीहरुलाई प्रयाप्त जानकारी लिएर मात्र आउन विज्ञप्तीमार्फत् नेपाली राजदुतावासले आग्रह गरेको हो । उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरु ठगिएको विषयमा प्रकासित सूचनाहरुप्रति दुतावासको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ...

पूर्वराजा आज काठमाडौँ फर्किँदै, व्यापक सुरक्षाकर्मी परिचालन

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने तयारी भएपछि राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ । पूर्व राजाका समर्थकहरुले राजालाई भव्य स्वागत गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेश तराईमा अभियानमा रहेको माओवादी...

बलात्कार आरोपमा हेटौंडाबाट ७ जना पकाउ

हेटौंडा । मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरू पकाउ परेका छन् । गएको माघ ६ गते बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका(२, स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पीडित युवतीले २१ फागुनमा...

तिब्बतमा गएको भुकम्पले नेपालमा धक्का

काठमाडौँ । नेपालमा भुकम्प नगएको भएपनि काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन । केन्द्रका अनुसार डि‌गे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट...

महिला दिवशको अवसरमा नीति संवाद

हेटौंडा । मकवानपुरको हेटौंडामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार नीति संवाद कार्यक्रम भएको छ । मकवानपुर महिला उत्थान समाजको आयोजनामा शुक्रबार कार्यक्रम भएको हो । नीति संवाद कार्यक्रममा नेपाल ट्रेड युनियन श्रमिक संघका अध्यक्ष खलिन मिया, जिफन्ट मकवानपुरका अध्यक्ष अर्जुन अर्याल, अखिल नेपाल ट्रेड युनियन बागमती प्रदेशका...

उद्योगीहरुले बिजुलीको बिल तिर्नुपर्छ : उर्जामन्त्री खड्का

रुपन्देही – नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्योगीहरूले ट्रंकलाईन र डेडिकेटेड लाईनमार्फत प्रयोग गरिएको विजुलीको बिल तिर्नुपर्ने स्पष्ट पारेका छन् । भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघको ६६औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री खड्काले भने, उद्योगीले कति रकम तिर्नुपर्ने हो, यसको बिल नेपाल विद्युत...

विशेष अदालतद्वारा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम भ्रष्टाचार (एमडीएमएस) मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो । एमडीएमएस भ्रष्टाचार आरोपमा १४...

राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रियसभमा निर्णयार्थ पेस भएका पाँच अध्यादेश स्वीकृत भएको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक सेवा र नीजि...

राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज बस्ने राष्ट्रियसभाको बैठकमा पाँच अध्यादेश नर्णयार्थ पेस हुने भएको छ । राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस...