समाचार

उच्च अदालत वार हेटौंडाको आज मतदान : अध्यक्षमा भट्ट र भट्टराई

हेटौंडा । उच्च अदालत वार हेटौंडाको निर्वाचन आज हुँदैछ । आज हुने निर्वाचनले वारको अध्यक्ष,सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु निर्वाचित गर्नेछ । यसअघि उपाध्यक्ष, एक महिला सदस्य र पार्षद्हरु निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पदमा हरिप्रसाद भट्ट र मनप्रसाद भट्टराईको उम्मेदवारी दर्ता भएको छ । सचिवमा सुवासचन्द्र अधिकारी...

प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव हुँदै

मकवानपुर । मनहरीमा मनहारी खेलकुद महोत्सब २०८१ हुने भएको छ । बिहिबार खेलकुद बिकास समिति मनहरीले पत्रकार सम्मेलन गर्दै महोत्सवको बारे जानकारी दिएको हो । महोत्सव यही फागुन २१ देखि चैत्र ४ गते सम्म हुने आयोजकले जानकारी दिएको छ । खेलकुद विकास समिति मनहरीका संयोजक विरु लामाले दिएको जानकारी...

सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश सुकुम्बासीको नाममा माफिया र दलालहरु पोस्न ल्याएको बताएका छन् । अध्यादेशबारे विभिन्न दलका नेताहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले सुकुम्वासीका नाममा बिचौलिया र दलालहरुले महत्त्वपूर्ण जग्गाहरू हडप्ने योजनाअनुसार सरकारले उक्त अध्यादेश ल्याएको बताएका हुन् ।...

सरकारद्वारा ७८ सहसचिवको सरुवा, हेटौंडा उपमहानगरपालिकामा गौतम

काठमाडौं । नेपाल सरकारले ७८ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ती सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको सूची सार्वजनिक गरेको हो । संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठको अर्थ मन्त्रालयमा सरुवा भएको छ । संघीयकै योगेन्द्रप्रसाद दुलाल भूमि...

मदन पुरस्कार २०८१ का लागि आवेदन आह्वान

हेटौंडा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि कृतिकारहरुसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै गुठीले १५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५ भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो । गुठीले उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकलाई आफ्नो पुस्तकका चार प्रतिसहित १५...

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौं । स्पेनका लागि नेपालका राजदुत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी समेत भएको थियो । म्याड्रिडमा रहेको...

शान्ति प्रकृयाका बाँकी काम तिव्र : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शान्ति प्रक्रियाका बाँकी काम तिव्रताका साथ अघि बढेको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भएको भेटवार्तामा मन्त्री राणाले यस्तो बताएकी हुन् । परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागी छिन् भने उनले त्यहाँ...

दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक २३ बिलियन अमेरिकी डलर आवश्यक : नेपाल

बैंकक । नेपालमा दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि वार्षिक रुपमा २३ बिलियन अमेरिकी डलर परिचालन गर्नुपर्ने तथ्य सार्वजनिक भएको छ । थाइल्यान्डको बैंककमा जारी एसिया प्रशान्त क्षेत्रीय दिगो विकास मञ्चको दोस्रो दिन ‘स्वैच्छिक राष्ट्रिय समीक्षामार्फत दिगो विकास एजेन्डाको द्रुत कार्यान्वयन विषयक छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

जेनेभामा परराष्ट्रमन्त्री राणाको सम्बोधनः नेपाललाई समर्थन गर्न आग्रह

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षणमा सदैव प्रतिवद्ध रहेको बताएकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई सोमबार जेनेभामा सम्बोधन गर्दै मन्त्री राणाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपाल विश्वकै एक अग्रपंक्तिको राष्ट्रका रूपमा रहँदै...

एपीएफएसडी बैठक थाइल्याण्डमा: सहयोग बढाउन नेपालको आग्रह

रमेश फुल्लेल, बैंकक । थाइल्यान्डको बैंककमा मंगलबारदेखि सुरु भएको एसिया–प्रशान्त दिगो विकास मञ्च (एपीएफएसडी) को १२ औँ वार्षिक बैठकमा नेपालले दिगो विकास लक्ष्य  प्राप्त गर्न नवप्रवर्तनशील, समावेशी, वैज्ञानिक र प्रमाण–आधारित समाधानहरू आवश्यक रहेको जनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले नेपालको तर्फबाट आफ्नो धारणा राख्दै...