सवारी दुर्घटनामा ८ जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ बैशाख ९, मंगलवार ०९:५४

काठमाडौं  । कालिकोट, पलाता गाउँपालिका-२ लार्फा ठाटी डाँडास्थित सडकमा ट्याक्टर गएराति दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक मुगु खत्याड गाउँपालिका-५ कवा बस्ने २५ वर्षीय चन्द्र प्रकाश रोकाया तथा ट्याक्टरमा सवार कालिकोट पतला गाउँपालिका-४ बस्ने २१ वर्षीय रविन्द्र विक, ३२ वर्षीया सदु बुढा र २६ वर्षीया अम्बा शाही रहेका छन् ।

काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका- ३ नयाँ गाउँस्थित सडकमा बा. १८ च ९९५९ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका- ४ बस्ने ५८ वर्षीय गोठे कामीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । सो ट्याक्टरको नम्बर हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै पाल्पा, बग्नासकाली गाउँपालिका-४ मलेङस्थित सडकमा लु. १ ज १७२४ नम्बरको जिप आइतबार बेलुकी दुर्घटना हुँदा जिपमा सवार स्याङ्जा कालिगण्डकी गाउँपालिका-१ बस्ने १८ वर्षीया एलीसा सारूको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ५
जनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिरस्थित सडकबाट बा. प्र.०२-०२४ प ४०५४ नम्बरको मोटरसाइकल त्रिशुली नदीमा खसेर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली तीनपाटन गाउँपालिका-९ बस्ने २६ वर्षीय मिन बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

पर्सा, जगरनाथपुर गाउँपालिका-२ पाण्डेपुरस्थित सडकमा ग. ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार जिराभवानी गाउँपालिका-२ बस्ने ३० वर्षीय बिहारी रामको मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि एल।एस।न्यूरो अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।