गभर्नर छनौट समितिका सदस्य पूर्व गभर्नर भट्टराईद्वारा राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि छनौट भएका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर छनौट समितिका सदस्य भट्टराईले राजीनामा दिएपछि गभर्नर छनौट प्रकृया अन्यौल भएको हो । गभर्नर छनौट समितिको वैठक बस्न नसकेपछि सोही कारणबाट सदस्य भट्टराईले राजनीनामा दिएका हुन् ।
मन्त्रिपरिषद्ले ११ चैतमा गठन गरेको छनौट समितिले हालसम्म पनि वैठक गर्न सकेको छैन । राजनीतिक सहमति भईसकेको प्रतिकृया आएपनि अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समतिको बैठक नसकेको र लम्बिएको कारण राजिनामा दिएको उनले बताएका छन् ।
अर्थमन्त्री बिष्णु पौडेलले बैशाख ५ गते संयोजक रहेको समितिले भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने तयारीमा रहेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काग्रेसका सभापतिबीच भएको सहमतीमा पुनः छलफल हुने भन्दै हाललाई संयोजक समितिको बैठक नडाक्न निर्देशन दिएसँगै रोकिएको थियो ।
गभर्नर पद भने २४ चैतपछि रिक्त छ ।राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ ।तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनुअघि नै सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । तर सिफारिस प्रक्रिया नै अघि नबढेपछि सरकारले २५ चैतदेखि डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम जिम्मेवारी दिएको छ ।
बैठक बोलाउने जिम्मेवारी समिति संयोजकको भएको जनाउँदै सिफारिस समितिका विज्ञ सदस्य पौडेलले आफूहरू जतिबेला बोलाए पनि काम गर्न तयार रहेको बताए ।
राष्ट्र बैंक ऐनमा गभर्नरका लागि उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर उपाधि हासिल गरी कार्यअनुभव भएको मध्येबाट गभर्नर नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ ।