समाचार
अटोमेटिक पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
हेटौंडा । हेटौंडाबाट प्रहरीले लोड भएको अटोमेटिक पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य मोतिहारी बहरीग्रामका २६ वर्षीय दीपक कुमार र बिहार सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार छन् । रौतहटको गौरबाट चितवनतर्फ जाँद्र गरेको ना ८ ख ८७७३ नम्बरको...
संसदमा प्रधानमन्त्रीको राजीनामा मागियो
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधब सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आज आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै...
हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउन माग
काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले एक हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् । आज आइतबार प्रतिनिधिसभामा शुन्य समयमा बोल्दै केसीले यस्तो माग राखेका हुन् । विभिन्न सुचांकहरुमा नेपालको अवस्था खराब भएको बताउँदै केसीले यस्तो कदम चाल्न सुझाएका हुन् । सम्पत्ति शुद्धिकरण तथा...
पाथीभरा केबलकार विवाद : जिल्ला प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा जारी
ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन नरोकिएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार, आज बिहान ५ बजेबाट लागू हुनेगरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले...
केटिएम कन्सल्टिङ ग्रुपको शाखा सिमरामा
बारा । विदेश अध्ययन गर्न चाहने विद्यार्थीको लागि परामर्शदाताको रुपमा काम गर्दै आएको केटिएम कन्सल्टिङ ग्रुपले बाराको सिमरामा शाखा विस्तार गरेको छ । आज जीतपुर सिमरा उपमहानगरपालिकाका उप प्रमुख भोलाप्रसाद अधिकारीले सो शाखाको उद्घाटन गरेका छन् । यो सो ग्रुपको ८ औँ शाखा हो । शाखा कार्यालयको उद्घाटनपछि मन्तव्य...
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
काठमाडौँ । नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय वैठकमा भाग लिन त्यस तर्फ जाने भएकी छिन् । यही फागुन १२ गते १४ गतेसम्म जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय बैठक आयोजना हुँदैछ । परराष्ट्रमन्त्री राणााले उक्त...
कुम्भ मेलाबाट फर्किँदा गाडी दूर्घटना, ४ जनाको मृत्यु
काठमाडौं । भारतको प्रयागराजस्थित कुम्भ मेला नुहाएर फर्किदै गरेको सवारीसाधन दूर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको छ । ६ जना नेपाली घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा ३ जना...
मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा स्किम श्रेष्ठ
हेटौंडा । मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सिडीओ) को रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन् । गृह मन्त्रालयले यस अघि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सिडीओको रुपमा कार्यरत श्रेष्ठलाई मकवानपुरको सिडीओको रुपमा खटाउने निर्णय गरेको हो । केही मिनेटअघि मात्र गृह मन्त्रालयले श्रेष्ठलाई मकवानपुर सरुवा गर्ने निर्णय...
स्ववियु निर्वाचन कार्यतालिका, फागुन २७ गते उम्मेदवार मनोनयन
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निवाृचन कार्य तालिका सार्वजनिक भएको छ । आउँदो चैत ५ गते हुने हुने निर्वाचनका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ । २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय...
दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते
काठमाडौं । कास्कीको पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका–८ फिर्केस्थित सडकमा बिहीबार ग ३ च ८९७७ नम्बरको जिप र ग १३ प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...









