समाचार

सातै प्रदेशमा अभियान संचालन गर्दै कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्दैछ । पार्टीले गरेका सकारात्मक काम र ती कामबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालन गर्ने तयारी गरिएको कांग्रेस केन्द्रीय सदस्य एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए...

स्ववियु चुनावमा उम्मेदवारी नदिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा उम्मेदवारी नदिने निर्णय गरेको छ । रास्वपाले दलगत हुने गरी उम्मेदवार खडा नगर्ने तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ...

३.१४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यस दिन सेयर बजारको परिसूचक नेप्से ३ दशमलव १४ अंकले बढेको छ । सो वृद्धि भएसँगै नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ६२ करोडको शेयर कारोबार भएको...

मकवानपुरबाट गाँजासहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा वडा नम्वर ७ पेन्चेबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–५ बस्ने २५ वर्षीय चन्दन कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई लागूऔषध गाँजा १० किलो ९ सय २० ग्रामसहित इलाका...

राप्रपाले कार्यसम्पादन समिति बैठक बोलायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बालाइ्एको छ । बैठक यही फागुन १५ गते बस्ने गरी बोलाइएको हो । बैठक नियमित भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बैठकमा पार्टीको यसअघि भएको अधिवेशन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुनेछ । यस्तै, पूर्वराजा...

वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो सात महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । अघिल्लो चालु आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार, आर्थिक वर्ष २०८०–०८१ को तुलनामा चालु आव २०८१–०८२ यस...

मकवानपुरमा भिरबाट लडेर पाख्रिनको मृत्यु

मकवानपुर । मकवानपुरमा बुधबार राति भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका–५ नलिवनका ३२ वर्षीय राजकुमार पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जाकारी दिए । उनका अनुसार, थाहा नगरपालिका वडा नम्बर ८ दामगढीस्थित माइला ससुरा अमर बहादुर थिङको छोरीको...

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित

काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२) ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका प्रकाशित गरेको हो । साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७...

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सापकोटाको निधन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज विदुर सापकोटाको निधन भएको छ । सापकोटाको बिहीबार बिहान ३ः ५० बजेको समयमा मृत्यु भएको हो । अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना गरिरएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो...

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, मकवानपुरका ब्लोन घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल–१ का ५० वर्षीय रामसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार, जन्ती तेमाल पुर्याएर धादिङ फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल...