समाचार
बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घिमिरे
मकवानपुर । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको परिषद्को १० औं अधिवेशनबाट घिमिरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, परिषद्को उपाध्यक्षमा सङ्गम चौलागाईं, सचिवमा दिपक अधिकारी, सह–सचिवमा काजिराम मोक्तान र समुन्द्र खनाल, कोषाध्यक्षमा राधिका शर्मालाई चयन...
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा लगाइएको महायज्ञ समापन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समापन गरिएको छ । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा गत माघ ३० गतेबाट सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार समापन गरिएको हो । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई...
आज देशैभर बदली रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशैभर मौसम बदली रहेको र तराई–मधेशका केही ठाउँमा हुस्सु र कुहिरो लागेको जनाएको छ । महाशाखाका अनुसार, आगामी २४ घण्टाका लागि देशका ६ वटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने मधेश प्रदेशमा मौसम आंशिक रुपमा बदलिएको भए पनि वर्षाको सम्भवना छैन...
‘सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध हो’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि सार्वजनिक स्थानमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पनि आफ्ना लागि खर्च गर्नु अपराध भएको बताएका छन् । पाल्पाको पुर्वखोलामा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘जो व्यक्तिले सार्वजनिक सम्पत्तिको एक रुपैयाँ पैसा पनि आफ्नो लागि खर्च गर्छ, त्यो भन्दा...
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हल अगाडि बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका वर्ष ५६ को अम्बरबहादुर बोगटी रहेको छन् । प्रहरीका अनुसार, बोगटीलाई मंगलबार बा.५ ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट...
बागमती सरकारः यातायात फाइलहरुको विद्युतीय अभिलेख सुरु
काठमाडौं । बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका यातायात फाइलहरुको विद्युतीय अभिलेख सुरु गरेको छ । भौतिक रुपमा २५ लाखको सङ्ख्यामा रहेको फाइलहरुको विद्युतीय अभिलेख सुरु गरेको यातायात व्यवस्था कार्यालय, गुर्जुधाराले जनाएको छ । सो कार्यालयका प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह...
प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोजलगायतको क्षेत्रमा योगदान पुर्याउने नागरिकलाई उक्त पुरस्कार दिने घोषणा...
अवैध लागूऔषधसहित २० जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, मोरङ, कैलाली, सिराहा, बर्दिया, बाँके, दाङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित होटल ग्रिष्माबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ५७ मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ...
आलोक नगरमा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक हाल जारी छ । बैठक केन्द्रीय कार्यालय आलोक नगरमा बसिरहेको हो । बैठकमा स्थायी कमिटी बैठकले पारित गरेका विभिन्न प्रतिवेदनहरूमाथि छलफल भइरहेको जनाइएको छ । स्थायी कमिटी र पोलिटब्युरो बैठकपछि भोलिबाट सो पार्टी केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले जनजीविका...
बल्खुमा मृत भेटिए मकवानपुरका दाहाल, ६ जना नियन्त्रण
काठमाडौं । मकवानपुर घर भएका रामकृष्ण दाहाल बल्खुमा मृत अवस्थामा भेटिएका छन् । दाहाल बल्खुस्थित तरकारी बजार नजिकै मृत अवस्थामा भेटिएका हुन् । बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकको टाउकामा चोट लागेको पाइएको छ ।...










