समाचार

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । वि सं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस मनाइने भएको हो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।...

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एउटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पारित भई आएको प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख देवकोटाले प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता प्रकाश चौलागाईँले जानकारी दिए । प्रदेश सभाको केही दिन अघि बसेको...

हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार मेला सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार मेला २०८१ सुरु भएको छ । महोत्सव निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडा–१०, टिसिएन चौरमा सुरु भएको हो । उक्त मेलाको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका हुन् । त्यसअघि बिहान साढे १० बजे हेटौंडा–४ को हुप्रचौरको दक्षिणमा...

‘देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परेको छ’

मकवानपुर । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परेको बताएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारबाट सुरु भएको दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ लाई उद्घाट गर्दै गृहमन्त्री लेखकले निजी क्षेत्रलाई पनि समाहित गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको बताएका...

आइभिएफ सेवाको झुट्ठो प्रचार–प्रसार नगराउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइभिएफ सेवाको झुट्ठो प्रचार–प्रसार नगराउन आग्रह गरेको छ । मन्त्रालयले आइभिएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्रचार गर्दै आइभिएफ सेवा सम्बन्धमा झुट्ठो प्रचार–प्रसार नगर्नु÷नगराउन आग्रह गरेको हो । स्वास्थ्य संस्थाले आइभिएफ सेवा सम्बन्धमा झुट्ठो प्रचार–प्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको साथै...

एक अर्ब ६४ करोडको अनलाइन जुवा खेलाउने पक्राउ

काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ बाट अनलाइन सट्टेबाजी जुवामा संलग्न रहेको आरोपमा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । घर भाडामा लिई व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न २४ जना भारतीयलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा क्रमशः अजय कुमार, मोहम्मद चाँद, जय...

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार १० अर्ब माथि

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक ११ दशमलव ९२ अंकले बढेको छ । यससँगै बजार परिसूचक २७३९ दशमलव ८२ अंकमा पुगेको छ । परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । बजारमा आज १० अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर...

राष्ट्रिय सभा बैठकः पानीजहाज सम्बन्धि विधेयक समितिमा पठाइयो

काठमाडौं । पानीजहाज सम्बन्धि विधेयक समिति पठाइएको छ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको हो । उक्त विधेयक मंगलबारको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश...

प्रेस सेन्टर बागमती प्रदेशको नेतृत्व मकवानपुरका अधिकारीलाई

मकवानपुर । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको नेतृत्व मकवानपुरका धु्रव अधिकारीलाई दिएको छ । सेन्टर बागमतीको सिन्धुपाल्चोकमा सम्पन्न पाँचौ अधिबेशनले सर्वसम्मत रुपमा अधिकारीलाई नेतृत्वको जिम्मा दिइएको हो । यस्तै, सेन्टरको उपाध्यक्ष खुलामा राजन अधिकारी, उपाध्यक्ष समावेशीमा गौतम जिरेल, उपाध्यक्ष महिलामा अन्जली तामाङ, महासचिवमा नवीन श्रेष्ठ, सचिव खुलामा सुमन...

अवैध लागूऔषधसहित एक जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा चोकबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध फेनारगन १९ एम्पुल, बुप्रेनोर्फिन १९ एम्पुल र डाइजेपाम १९ एम्पुलसहित सोमबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका–३ मिलन चोक बस्ने २७ वर्षीय दिपेश चौधरी रहेका छन् ।...