समाचार
एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दहाल चयन भएका छन् । एकीकृत समाजवादीको बागमती प्रदेश अन्तर्गत भएको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा दहाल सर्वसम्मत चयन भएका हुन् । यही फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा चयन गरेको पार्टीका उपाध्यक्ष तथा...
यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया...
क्यानडाको टोरन्टो विमानस्थलमा विमान पल्टियो
काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएर दुर्घटना भएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । स्थानीय समय अनुसार दिउँसो करिब पौने ३ बजेको समयमा उक्त विमान रनवेको किनारमा उत्तानो परेको जनाइएको छ । उक्त विमानमा ८० यात्रु सवार रहेको बीबीसीले जनाएको छ...
हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । महोत्सव निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको हो । हेटौंडा–१०, टिसिएन चौरमा हुने महोत्सव फागुन १८ गतेसम्म हुनेछ । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्नेछन् । उद्घाटन अघि बिहान साढे १०...
तेह्र लाख किशोरीले लगाए एचपीभी खोप
काठमाडौं । देशभर हालसमम पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप १३ लाख किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियान अन्तर्गत १३ लाख किशोरीले खोप प्राप्त गरेका हुन् । एचपिभी खोप अभियानको १२ औँ दिनसम्ममा १३ लाख किशोरीले खोप लगाएको परिवार कल्याण महाशाखा खोप शाखा...
हेटौंडामा भोलिदेखि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव, गृहमन्त्री लेखकले उद्घाटन गर्ने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि (फागुन ६ गते) देखि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । महोत्सव निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको हो । आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । भोलिदेखि फागुन १८...
एकै महिनामा साढे चार हजार सवारी दुर्घटना, ११९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा साढे चार हजारभन्दा बढी सवारी दुर्घटना भएको छ । गत माघ महिनामा चार हजार ५३५ सवारी साधन दुर्घटना भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो अवधिमा दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक...
आज झण्डै ३० अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, यसदिन नेप्से २९ दशमलव ८७ अंकले बढ्दै २ हजार ७२७ दशमलव ९१ को बिन्दुमा पुगेको हो । यस्तै, आज १...
लागूऔषधसहित हेटौंडाका एक जना पक्राउ
मकवानपुर । अवैध लागूऔषधसहित पूर्व–पश्चिम सडकखण्ड अनतर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने वर्ष १९ को दिपु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्ष श्यामु अर्यालले जानकारी दिए ।...
मकवानपुरमा ८१.४४ प्रतिशत राजस्व संकलन
मकवानपुर । मकवानपुरमा पछिल्लो ७ महिनाको अवधिमा ३ अर्ब ७० करोड ९१ लाख अर्थात ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आथिएक वर्षको २०८१–०८२ को गत साउनदेखि माघ महिनाको मसान्तसम्मको अवधिमा सो रकमको राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको...










