समाचार
पशु सेवा मकवानपुद्वारा २५ वटा गोरु र ट्रक नियन्त्रण
मकवानपुर । पशु सेवा कार्यालय मकवानपुरले २५ वटा गोरु र ट्रक नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने बाराको पथलैयाबाट आइतबार २५ वटा गोरु र ट्रक नियन्त्रणमा लिएको सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । पत्रकार सम्मेलनमा पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले हेटौंडा उपमहानगरपालिका वडा...
प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत
काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधि सभा नियमावली अनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेश गर्न सक्ने घिमिरेले जानकारी दिए । आइतबार नै...
स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बाट स्रोत नखुलेको अवैध रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटपसहित तीन जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका–९ बस्ने ३९...
सरकारले ल्याएको अध्यादेशबारे धेरैले समर्थन गरेका छन्ः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको अध्यादेशबारे धेरैले धन्यवाद दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै अध्यादेशबारे व्यापक समर्थन रहेको जिकिर गरेका हुन् । उनले भने, ‘हामीले २९ वटा कानुन हेरफेर ग¥यौँ । ६ वटा अध्यादेशमा समेट्यौँ । अध्यादेशमा व्यापक समर्थन छ ।...
एकैदिन १२०० रुपैयाँ बढ्यो सुनको भाउ
काठमाडौं । आइतबारको तुलनामा आज एकैदिन सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँ बढेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ प्रतितोला...
प्रतिनिधि सभाको बैठक आज पनि जारी रहने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि जारी रहनेछ । बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०७९–०८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व. २०८०–०८१) पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ...
बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट सार्वजनिक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट सार्वजनिक गरिएको छ । सरकारले गठन गरेको अध्यक्ष छनौट समितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो । उक्त सर्टलिष्ट अनुसार, बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौला, पूर्व सचिव...
बागमती प्रदेश सरकारको १३ अर्ब बढी बजेट खर्च
मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको अवधिमा १३ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आवको गत साउन महिनादेखि माघ मसान्तसम्म विनियोजित कुल रकमको २० दशमलव १८ प्रतिशत अर्थात १३ अर्ब २ करोड ७० लाख रुपैयाँ बजेट खर्च भएको आर्थिक मामिला...
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
काठमाडौं । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि ल्याएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको बताए । विश्व...
आज देशका उच्च भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।...










