समाजद्वारा जलवायु परिवर्तन सम्बन्धमा राष्ट्रपतिको ध्यानाकर्षण

तु खबर संवाददाता
२०८१ चैत्र १८,मंगलवार १७:४५
file-photo

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जलवायु न्यायसम्बन्धी अभियानबारे जानकारी गराएको छ ।

१७ वर्ष अगाडिदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान सञ्चालन गर्दै आएको समाजले पछिल्लो चरणमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवन धारालाई संविधानको प्रस्तावनामा नै समावेश गर्न आग्रहसहित चैत १७ गतेबाट जलवायु न्याय केन्द्रित विशेष अभियान सञ्चालन गरिरहेको छ ।

राष्ट्रपतिको कार्यालय काठमाडौँमा भएको भेटमा भविष्यमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संशोधनका क्रममा यसलाई समावेश गरिनुपर्नै ध्यानाकर्षण गराइएको थियो ।

भेटमा समाजका पूर्व अध्यक्ष तथा वर्तमान पदाधिकारीहरु सहभागी थिए ।