समाचार
आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक आज बढेर १९ दशमलव ५६ अंकले बढेर २६९८ दशमलव ०३ विन्दुमा पुगेको छ । यसदिन ३०९ कम्पनीको...
जलन उपचार केन्द्र स्थापना गर्न सांसद् कंसाकारको माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य (सांसद्) विन्दवासिनी कंसाकारले सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् ।सांसद कंसारकारले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै जलन उपचार केन्द्र स्थापना गर्न सरकारसँग माग गरेकी हुन् । उनले हरेक वर्ष हजारौँको संख्यामा नागरिकहरू जलनबाट पीडित हुने गरेको भन्दै उनीहरुको लागि...
बेलुन विस्फोट घटना छानबिन गर्न समिति गठन
काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न समिति गठन गरिएको छ । गृहमन्त्री रमेश लेखकले उक्त घटनाबारे छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । गृहमन्त्री लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा...
ग्यास विस्फोट घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । ग्यास विस्फोटमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ...
हेटौंडामा सूचनाको हकको व्यवहारिक कार्यान्वयन सम्बन्धी राष्ट्रिय कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सूचनाको हकको व्यवहारिक कार्यान्वयन सम्बन्धी सरोकारवालाको भूमिका विषयक राष्ट्रिय कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने उद्देश्यले सूचनाको हकका लागि राष्ट्रिय महासंघले शनिबार कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम महासंघका अध्यक्ष उमीद प्रसाद बागचन्दको सभाध्यक्षता तथा राष्ट्रिय सुचना आयोगका...
हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा
मकवानपुर । पछिल्लो समय हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको छ । लामो समयदेखि बन्द र आर्थिक सङ्कट गहिरिँदै गएको हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको हो । हेटौंडा सिमेन्ट उद्योग विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि बन्द भएको थियो । उपकरणहरु मर्मत सम्भार गरी...
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाको रहेको बुझिइएको छ । आइतबार बिहान भएको...
सिंहदरबारमा सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक जारी
काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक हाल जारी छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको सहभागिता रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
नवलपुर (पूर्व) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले...
अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
काठमाडौं । सरकारले करिब २२ लाख थान स्मार्ट सवारी लाइसेन्स छापेर वितरण गर्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा डेढ लाख सवारी लाइसेन्स छापेर वितरण गरेको सरकारले अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको जनाएको हो । सरकारको यातायात व्यवस्था विभागले आर्थिक...










