समाचार
यी चार प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको विभिन्न प्रदेशमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना जनाएको हो । महाशाखाका अनुसार, हाल देशमा...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक संसद् भवन नयाँबानेश्नरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा प्रधानमन्त्री...
‘सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दैछ’
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष दाहालले देशैभरि नयाँ राष्ट्रिय एकता...
पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन पड्कियो, अर्थमन्त्री र मेयर घाइते
पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएको छ । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको बुझिइएको छ । बेलुन पड्किएर आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । इलेक्ट्रिक स्विच थिचेर बेलुन...
तु खबरकर्मी थिङ सम्मानित
मकवानपुर । तु खबरकर्मी सन्देश थिङ सम्मानित भएका छन् । मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा मनहरी गाउँपालिका वडा नम्वर २ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा आयोजित साँस्कृति कार्यक्रममा थिङ नगदसहित सम्मानित भएका हुन् । वडा नम्वर २ को विकास तथा तामाङ समुदायको भाषा सँस्कृतिलाई जर्गेणा...
हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई घाइते
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ यातायात कार्यालय अगाडि सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार, हेटौंडाबाट बजारबाट...
कांग्रेसमा वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी गरिएको छ । कार्यसमतिको म्याद एक वर्ष थप्ने तयारी गरेको हो । शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग यसबारे राय मागेका हुन् । बैठकमा उनले आफ्नो समूहका नेताहरूसँग...
स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा घिमिरे
मकवानपुर । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे (अनुराग) निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न चौथो अधिवेशनबाट घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र कार्की, सचिवमा बसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः नवीन चौधरी, सुमिना चौलागाईं...
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस को जिल्ला अधिवेशन हेटौंडामा हुने
मकवानपुर । लायन्स क्लब इन्टरनेशनल अन्र्तगतको डिष्ट्रिक्ट ३२५ एस को जिल्ला अधिवेशन हेटौंडामा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् तेस्रो जिल्ला अधिवेशन आगामी वैशाख ६ गते हेटौंडामा हुने जानकारी गराएको हो । अधिवेशनको लागि आवश्यक तयारीको सुरुवात भएको डिष्ट्रिक्ट गर्भनर टासी डोल्मा तुम्बहाम्फेले जानकारी दिए । उनका अनुसार,...
माघ ९ गतेदेखि जारी खेलकुद महोत्सवको उद्घाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा गत माघ ९ गतेदेखि सुरु भएको दोश्रो खेलकुद महोत्सव– २०८१ को उद्घाटन गरिएको छ । खेल महोत्सवको शुक्रबार हेटौंडा–४, स्थित हुप्रचौरमा बागमती प्रदेश सभा सदस्य एवम् प्रदेशका पूर्व खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले उद्घाटन गरेका हुन् । उनले...










