समाचार
बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख गौतम पक्राउ
काठमाडौँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका...
कुलमानलाई हटाउनुको कारण नदिँदासम्म संसद चल्न सक्दैन : बस्नेत
काठमाडौँ । विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको वैठक स्थगित भएको छ । विपक्षी दलहरुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै संसद बैठक अवरोध गरेका हुन् । विपक्षी दलहरुको तर्फबाट प्रतिनिधिसभाका सदस्य शक्ति बस्नेतले कुलमान हटाउनुको कारण प्रधानमन्त्रीले संसदमा नदिँदासम्म वैठक चल्न नसक्ने बताएका...
कुलमानको पक्षमा हेटौंडामा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन
हेटौंडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा आज हेटौंडामा पनि प्रदर्शन भएको छ । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला पनि जलाएका थिए । प्रदर्शनकारीहरुले टुकी बालेर प्रदर्शन गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नाराबाजी समेत गरेका थिए ।...
प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त, लिए सपथ
काठमाडौँ / मन्त्रिपरिषद्को निर्णयपछि ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शाक्यलाई मंगलवार नियुक्तिसँगै पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सो क्रममा मन्त्री खड्काले नव नियुक्त कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरुसँग प्राधिकरणले लिनु पर्ने बक्यौता तत्काल असुल गर्ने प्रकृया अघि बढाउन निर्देशन दिए । मन्त्री खड्काले ऊर्जा क्षेत्र...
सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङको भनाइ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध आफू अदालत जाने कुलमान घिसिङले बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई हटाउने निर्णयको विरोधमा सत्तारुढ दलकै नेताहरु असन्तुष्ट छन् भने माओवादी, राष्ट्रिय स्वतन्त्र...
रोहिङ्ग्या शरणार्थीका लागि एक अर्ब अमेरिकी डलर माग
संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थीका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन करिब एक अर्ब अमेरिकी डलर सहयोग माग गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघ र साझेदारले सहयोग माग गरिरहेको जनाएको हो । संयुक्त राष्ट्रसंघ र साझेदारहरुले रोहिङ्ग्या संकटका लागि संयुक्त प्रतिकार्य योजना सुरु गर्दै करिव १४...
कुलमान घिसिङ बर्खास्त, प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ । उनको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको र शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं / चन्द्रागिरी नगरपालिका – २ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाईसमा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
कैलाली / टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका(९ बस्ने १९ वर्षीय अनुप बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, चुरे गाउँपालिका-३...
कांग्रेसले बागमती कार्यसमिति र ६६ प्रदेश क्षेत्रीय सभापतिलाई दियो प्रशिक्षण
काठमाडौं / नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेशका ६६ प्रदेशसभा क्षेत्रीय सभापतिहरुलाई संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रशिक्षण दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति एवं प्रशिक्षण विभाग प्रमूख चन्द्र महर्जनको सभाध्यक्षतामा आईतबार ललितपुरको ग्वार्कोमा भएको प्रशिक्षण कार्यक्रमको कांग्रेस केन्द्रीय सभापति...








