समाचार

रौतहटमा मनाइयो ‘देवकोटा पदार्पण दिवस’

रौतहट / नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा रौतहट आएको दिनको सम्झना गर्दै रौतहटमा ‘देवकोटा पदार्पण दिवस’ मनाइएको छ । रौतहटको ऐतिहासिक किसान आन्दोलन भएको ठाउँ महम्मदपुरमा आइतवार ‘देवकोटा पदार्पण दिवस’ मनाइएको हो । महाकवि देवकोटा रौतहटको गौरस्थित तत्कालीन शारदा (हाल, कलाकुञ्ज) पुस्तकालयले २०१० चैत १० गते आयोजना गरेको साहित्यिक...

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् । सभापति देउवाले नेपालमा राजतन्त्र फर्किने संभावना नरहेको समेत बताए । संवैधानिक राजा बन्न लायक व्यक्ति ज्ञानेन्द्र शाह नभएको...

पाँच कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी ९नागरिक लगानी कोष० को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति...

पाथीभरामा स्थानीयको भावना अनुसार अघि बढ्न शर्माको सुझाव

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केवलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् । पाथीभरा राष्ट्रको धार्मिक धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको भएपनि स्थानीयको भावना अनुसार अघि बढ्न उनले सुझाव दिएका हुन् । हाल पाथीभरा केबलकार निर्माणलाई...

अनौपचारिक श्रमिक महिलाहरुले बुझाए मन्त्रीलाई ध्यानाकर्षण पत्र

हेटौंडा । काठमाडौ, चितवन र मकवानपुर जिल्लामा श्रमिक महिलाहरुले बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री प्रेमभक्त मर्हजनलाई अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुले भोग्नु परेको समस्याको विषयमा ध्यानाकर्षण गराइएको छ । विषयगत मन्त्रालयका मन्त्रीलाई त्यस अवसरमा अपिलपत्र समेत हस्तान्तरण गरिएको हो । असंगठित क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले आफुले...

अधिकारी बज्जिका सम्मानबाट सम्मानित

सर्लाही । मलंगवा नगरपालिकाले सहित्यकार तथा पत्रकार गिरिजा अधिकारीलाई बज्जिका सम्मान २०८१ बाट सम्मानित गरेको छ । नगर प्रमुख नागेन्द्रप्रसाद यादवले अधिकारीलाई बज्जिका सम्मानबाट सम्मानित गरेका हुन् । अधिकारीलाई सम्मान गर्ने कार्यक्रममा बज्जिका शिरोमणि बरिष्ठ साहित्यकार सञ्जय साह मित्र, बज्जिका भाषाका अग्रज साहित्यकार रामचन्द्र कुशुवाहा, किशुल दयाल श्रीकृष्ण, बज्जिका...

अमेरिकी शिक्षा मन्त्रालय खारेज गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर

न्युयोर्क । अमेरिकी शिक्षा मन्त्रालय खारेज गर्ने गरी अघि बढेका राष्ट्रपति डोनाल्ड ड्रम्पले सो सम्बन्धमा कार्यकारी आदेश जारी गरेका छन् । शिक्षा मन्त्रालय खारेज गर्ने गरी काम सुरु गर्न निर्देशन दिइएको छ । चुनावी अभियानका क्रममा शिक्षा मन्त्रालय खारेज गर्ने प्रतिवद्धता व्यक्त गरेका ट्रम्पले छिट्टै मन्त्रालय बन्द गर्ने बताएका...

सांसद साहद्वारा संसद् वैठक बहिस्कार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरेका छन् । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएपछि सांसदको कार्यसूचीबाट प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाउन आग्रह गरेका थिए । सभामुखले सो कार्यक्रम आजको कार्यसूचीबाट नहटाएपछि साहले संसद बैठक बहिस्कार गरेका हुन् । प्रधानमन्त्रीसँगको...

पूर्वराजालाई कारवाही गर्नुपर्छ : खतिवडा

काठमाडौँ । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दैनेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका छन् । फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्व राजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न सरकारलाई...

माल्दोभाका उपप्रधानमन्त्री नेपालमा, प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौँ । माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइ नेपाल आएका छन् । सोही क्रममा उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक...