समाचार
एसइई परीक्षा चैत ७ गतेदेखि, सबै तयारी पूरा
काठमाडौं । एसइई परीक्षा चैत ७ गतेबाट सञ्चालन हुने भएको छ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ...
चन्द्रागिरी हिल्सद्वारा दर्शनार्थीसँग १०० रुपैयाँ शुल्क असुली
हेटौंडा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको मुख्य लगानी रहेको तथा व्यवसायी हेमराज ढकाल अध्यक्ष रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको भेटिएको छ । राजनीतिक र प्रशासनिक पहुँचको आधारमा ढकाल नेतृत्वको हिल्सले पैदलयात्रुसँग असुली गरिरहेको छ । चन्द्रागिरी केवलकार...
निराजन बम पक्राउ प्रकरण : कहाँ चुक्यो मकवानपुर प्रहरी ?
हेटौँडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले भर्खरै राजनीतिक सहमतिको आधारमा छोडेको छ । मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार, ‘राजनीतिक सहमतिको आधारमा उनलाई छाडिएको हो ।’ प्रचण्डको...
भर्खरै : प्रचण्डको फोटो जलाउने निराजन छुटे
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ गरिएको एक जना व्यक्ति छुटेका छन् । तु खबरलाई प्राप्त सूचना अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बम हिरासतमुक्त भएका हुन्...
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि पाँच जनाको नाम सर्टलिस्ट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये पाँच जना सर्टलिस्टको सूचीमा समावेश भएका छन्। सर्टलिस्ट सूचीमा समावेश हुनेमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्। साथै उनीहरूलाई चैत ६ गते बुधबार...
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त
काठमाडौँ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले पर्फमेन्स दिन नसक्ने मन्त्रीहरुलाई सरकारमा राखिराख्न आवश्यक नभएको बताएका छन् । पर्फमेन्स नदिने मन्त्रीहरुलाई सरकारमा राखिराख्न आवश्यक नभएकाले प्रधानमन्त्रीले यसबारेमा विचार गर्नुपर्ने उनको धारणा छ । पन्तले राजतन्त्र पनुः फर्किन सक्ने संभावना नरहेको बताउँदै आमाको पेटबाट झरिसकेको बच्चा...
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने
काठमाडौँ । समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ । मोर्चाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । देशमा विकसित नयाँ घटनाक्रम र क्रियाकलापबारे मोर्चाले आफ्नो घारणा सार्वजनिक गरेको हो । आयोजित पत्रकार सम्मेलनमा बताइए अनुसार,...
ओम मेगाश्रीको आइपीओ १४ लाख ८० हजारले भरे
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेसम्ममा कम्पनीका आईपीओमा १४ लाख ८० हजार ५७८ जनाले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका...
प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको सञ्चालक समितिको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आज शुक्रबारदेखि नै कार्यभार सम्हालेको प्राधिकरणले जनाएको छ । यसअघि सरकारले प्रधिकरणको अध्यक्ष...
चैत २ गतेसम्म वैदेशिक अध्ययन अनुमतिपत्र बन्द
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ । अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो । विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुले एनओसी लिएर जानु अनिवार्य हुन्छ, चैत २ गतेसम्म...










