समाचार

बलात्कार आरोपमा हेटौंडाबाट ७ जना पकाउ

हेटौंडा । मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरू पकाउ परेका छन् । गएको माघ ६ गते बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका(२, स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पीडित युवतीले २१ फागुनमा...

तिब्बतमा गएको भुकम्पले नेपालमा धक्का

काठमाडौँ । नेपालमा भुकम्प नगएको भएपनि काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन । केन्द्रका अनुसार डि‌गे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट...

महिला दिवशको अवसरमा नीति संवाद

हेटौंडा । मकवानपुरको हेटौंडामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार नीति संवाद कार्यक्रम भएको छ । मकवानपुर महिला उत्थान समाजको आयोजनामा शुक्रबार कार्यक्रम भएको हो । नीति संवाद कार्यक्रममा नेपाल ट्रेड युनियन श्रमिक संघका अध्यक्ष खलिन मिया, जिफन्ट मकवानपुरका अध्यक्ष अर्जुन अर्याल, अखिल नेपाल ट्रेड युनियन बागमती प्रदेशका...

उद्योगीहरुले बिजुलीको बिल तिर्नुपर्छ : उर्जामन्त्री खड्का

रुपन्देही – नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्योगीहरूले ट्रंकलाईन र डेडिकेटेड लाईनमार्फत प्रयोग गरिएको विजुलीको बिल तिर्नुपर्ने स्पष्ट पारेका छन् । भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघको ६६औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री खड्काले भने, उद्योगीले कति रकम तिर्नुपर्ने हो, यसको बिल नेपाल विद्युत...

विशेष अदालतद्वारा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम भ्रष्टाचार (एमडीएमएस) मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो । एमडीएमएस भ्रष्टाचार आरोपमा १४...

राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रियसभमा निर्णयार्थ पेस भएका पाँच अध्यादेश स्वीकृत भएको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक सेवा र नीजि...

राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज बस्ने राष्ट्रियसभाको बैठकमा पाँच अध्यादेश नर्णयार्थ पेस हुने भएको छ । राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस...

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार बर्खास्त

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई विश्वविद्यालय सभाबाट बर्खास्त गर्ने निर्णय गरिएको छ । जनकपुरधाममा बसेको विश्वविद्यालय सभाले उपकुलपति डा. बैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले ७ असोजमा बुझाइएको प्रतिवेदनको...

संवैधानिक नियुक्तिविरुद्धको सुनुवाइ आज

काठमाडौँ । अध्यादेशमार्फत् संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिविरुद्धको रिटमा आज बुधबार सुनुवाइ हुँदैछ । गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो । कानून व्यवसायीहरुले बहस गर्दागर्दै समय सकिएको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो । यसअघि अधिवक्ता ओम प्रकाश अर्याल...

सरकारलाई दिएको समर्थन कायमै : जसपा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले अहिलेलाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नभएको...