समाचार
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन समितिले जानकारी दिएको छ...
सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारले सुशासनको कुरा गर्न सुहाउँदैन-प्रभु साह
काठमाडौँ । सांसद प्रभु साहले ‘७ महिनासम्म मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगर्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । प्रतिनिधिसभामा पेस हुन लागेको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद साहले आफ्नो सम्पत्ति...
स्ववियु निर्वाचनमा मकवानपुर क्याम्पसः अध्यक्षमा प्रशिद्ध, सागर, छोइसाङ र पुष्करको उम्मेदवारी
हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस, स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवारहरुको मनोनयन गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट प्रशिद्ध रेग्मी, नेपाल विद्यार्थी संघका सागर घिमिरे, अखिल क्रान्तिकारीका तर्फबाट छोइसाङ लामा र स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यसैगरी सचिवमा अखिल नेपाल...
पुर्वराजाको समर्थन गर्ने बास्तोला पदमुक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सम्बोधनको पक्षमा सरकारी लेटरहेडमा समर्थन जनाएर सार्वजनिक बतव्य निकाल्ने पोर्चुगतलका पर्यटन प्रवद्र्धक रमेशराज बास्तोला पदमुक्त भएका छन् । पूर्वराजालाई श्री ५ सम्बोधन गर्दै बास्तोलाले विज्ञप्ती निकालेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई किन कारवाही नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो । बास्तोलाले दिएको स्पष्टिकरण...
लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई प्रचण्डको आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजा पक्षधरहरुलाई आग्रह गरेका छन् । मंगलबार संसदमा विशेष समय लिएर बोल्दै अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न आग्रह गरेका हुन् । लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही...
भीमफेदीका ९९ जना श्रमिक कोषमा आबद्ध
भीमफेदी । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । आज सोमबार गाउँपालिकामा भएको आवद्धता कार्यक्रममा ९९ जना श्रमिकलाई कोषमा आवद्ध गराइएको जानकारी दिइयो । गाउँपालिका अध्यक्ष हिदम लामाले दिएको जानकारी अनुसार, अनौपचारिक क्षेत्रका श्रमिकको हीतका लागि पालिकाले उनीहरुलाई कोषमा आवद्ध गराइएको...
बाल सेना प्रयोगसम्बन्धी रिट पूर्ण इजलासमा
काठमाडौं । द्वन्द्वकालमा बाल सेनाको प्रयोग सम्बन्धी विवाद अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । लेलिन बिष्टद्वारा दायर रिटमाथि आज सुनुवाई गर्दै न्यायाधीशहरु विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सो रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । दुई वर्षअघि संक्रमणकालीन न्यायको विषय टुंग्याउन...
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित
काठमाडौँ । राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक...
बेलायतमा नेपाली विद्यार्थी ठगिएको विषयमा दुतावास चिन्तित
लण्डन । लण्डनस्थित नेपाली राजदुतावासले त्यहाँ नेपालीहरु ठगिएको विषयमा चिन्ता व्यक्त गरेको छ । अध्ययनका लागि युके जाने विद्यार्थीहरुलाई प्रयाप्त जानकारी लिएर मात्र आउन विज्ञप्तीमार्फत् नेपाली राजदुतावासले आग्रह गरेको हो । उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरु ठगिएको विषयमा प्रकासित सूचनाहरुप्रति दुतावासको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ...
पूर्वराजा आज काठमाडौँ फर्किँदै, व्यापक सुरक्षाकर्मी परिचालन
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने तयारी भएपछि राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ । पूर्व राजाका समर्थकहरुले राजालाई भव्य स्वागत गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेश तराईमा अभियानमा रहेको माओवादी...










