पूर्वराजा आज काठमाडौँ फर्किँदै, व्यापक सुरक्षाकर्मी परिचालन

तु खबर संवाददाता
२०८१ फाल्गुन २५,आईतवार १२:१०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने तयारी भएपछि राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीले जनाएको छ ।

पूर्व राजाका समर्थकहरुले राजालाई भव्य स्वागत गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेश तराईमा अभियानमा रहेको माओवादी आफ्नो अभियान स्थगित गरी राजधानी फर्केको छ । राजा सल्बलाउन खोजेको र गणतन्त्र धरापमा पर्न लागेको भन्दै माओवादीले अभियान नै स्थगित गरेको छ ।

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रहरीले बताएको भएपनि कुन किसिमको हुलहुज्जत र गैरकानूनी काम हुन लागेको हो भन्ने खुलाएको छैन ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको छ । गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा पार्न मातहतका निकायलाई निर्देशन दिएपछि सुरक्षा निकायहरु सोही अनुसार परिचालन गरिएको छ ।