समाचार

गार्डियन माइक्रोमा सकारात्मक सर्किट, नेपाल माइक्रोको आइपीओ बाँडफाँडको मिति तय

काठमाडौँ । शेयर बजारमा कारोबारमा आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागिरहेको छ । शेयर रकम निरन्तर बढिरहँदा लगानीकर्ताहरुमा खुसी छाएको छ । आज पनि गार्डियनको शेयरमा सर्किट लागेर अर्थात प्रतिकित्ता १२५ रुपैयाँले बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा आज १६औं दिनमा समेत...

गाँजासहित समातिए दुई भारतीय, कलंकीबाट खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं। थाइल्याण्डबाट आएका दुई जना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ परेका दुई जना भारतीय नागरिक रहेको विमानस्थलले जनाएको छ । थाइल्याण्डबाट गाँजा बोकेर आएका उनीहरुलाई विमानस्थलमा रहेको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । उनीहरुमाथि थप अनुसन्धान गर्न आवश्यक देखिएपछि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण...

स्ववियु निर्वाचनको सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मातहतलाई स्ववियु निर्वाचनको प्रारम्भदेखि मतगणना सम्पन्न नभएसम्म सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । आगामी चैत ५ गतेका लागि तय भएको निर्वाचनलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा तयारी गर्न मातहतका निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको हो । प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक...

पूर्वयुवराज पारस शाहलाई हृदयघात, उपचार नर्भिक अस्पतालमा

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनलाई हृदयघात भएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ । शाहको एन्जियोग्राफीपछि थप उपचार भइरहेको अस्पतालले जनाएको छ । पूर्व युवराज पारसलाई यसअघि तीन पटक हृदयघात भइसकेको छ । थप केही दिन अस्पतालमै राखेर उनको उपचार गरिनेछ ।

राष्ट्रिय हितका लागि नेपाल–कोरिया सम्बन्धलाई सुदृढ बढाउँछौंः राजदूत तुम्बाहाङ्फे

सियोल । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखी नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउने बताएकी छिन्। शनिबार गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाद्वारा सियोलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखी नेपालमा रहेका लगानीका क्षेत्रहरूमा लगानीकर्तालाई आकर्षित गर्न पहल गर्ने...

स्ववियुको निर्वाचनः बागमतीमा : बागमतीमा डिना उपाध्यायलाई खटायो

मकवानपुर । आसन्न स्ववियुको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेशस्तरमा आफ्ना नेतालाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा काँग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायलाई स्ववियु निर्वाचन परिचालनका लागि जिम्मा दिएको छ । त्यसैगरी, भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, जीवन परियारलाई गण्डकीको जिम्मेवारी दिइएको नेपाली काँग्रेसले जनाएको छ । यसैगरी काँग्रेसले...

उच्च अदालत बार हेटौंडाको अध्यक्षमा भट्टराई

हेटौंडा । उच्च अदालत बार हेटौंडाको आज भएको निर्वाचनमा मनप्रसाद भट्टराई अध्यक्ष निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी हरिप्रसाद भट्टलाई एक मतको झिनो अन्तरले पराजित गर्दै भट्टराई अध्यक्ष निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा सुजन तिमल्सिना, सहसचिवमा पम्फा पुरी र कोषाध्यक्षमा रिमा प्याकुरेल निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरुमा...

उच्च अदालत वार हेटौंडाको आज मतदान : अध्यक्षमा भट्ट र भट्टराई

हेटौंडा । उच्च अदालत वार हेटौंडाको निर्वाचन आज हुँदैछ । आज हुने निर्वाचनले वारको अध्यक्ष,सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु निर्वाचित गर्नेछ । यसअघि उपाध्यक्ष, एक महिला सदस्य र पार्षद्हरु निर्विरोध निर्वाचित भइसकेका छन् । अध्यक्ष पदमा हरिप्रसाद भट्ट र मनप्रसाद भट्टराईको उम्मेदवारी दर्ता भएको छ । सचिवमा सुवासचन्द्र अधिकारी...

प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सव हुँदै

मकवानपुर । मनहरीमा मनहारी खेलकुद महोत्सब २०८१ हुने भएको छ । बिहिबार खेलकुद बिकास समिति मनहरीले पत्रकार सम्मेलन गर्दै महोत्सवको बारे जानकारी दिएको हो । महोत्सव यही फागुन २१ देखि चैत्र ४ गते सम्म हुने आयोजकले जानकारी दिएको छ । खेलकुद विकास समिति मनहरीका संयोजक विरु लामाले दिएको जानकारी...

सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश सुकुम्बासीको नाममा माफिया र दलालहरु पोस्न ल्याएको बताएका छन् । अध्यादेशबारे विभिन्न दलका नेताहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले सुकुम्वासीका नाममा बिचौलिया र दलालहरुले महत्त्वपूर्ण जग्गाहरू हडप्ने योजनाअनुसार सरकारले उक्त अध्यादेश ल्याएको बताएका हुन् ।...