समाचार

सरकारद्वारा ७८ सहसचिवको सरुवा, हेटौंडा उपमहानगरपालिकामा गौतम

काठमाडौं । नेपाल सरकारले ७८ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ती सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको सूची सार्वजनिक गरेको हो । संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठको अर्थ मन्त्रालयमा सरुवा भएको छ । संघीयकै योगेन्द्रप्रसाद दुलाल भूमि...

मदन पुरस्कार २०८१ का लागि आवेदन आह्वान

हेटौंडा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि कृतिकारहरुसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै गुठीले १५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५ भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो । गुठीले उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकलाई आफ्नो पुस्तकका चार प्रतिसहित १५...

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौं । स्पेनका लागि नेपालका राजदुत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी समेत भएको थियो । म्याड्रिडमा रहेको...

शान्ति प्रकृयाका बाँकी काम तिव्र : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शान्ति प्रक्रियाका बाँकी काम तिव्रताका साथ अघि बढेको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भएको भेटवार्तामा मन्त्री राणाले यस्तो बताएकी हुन् । परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागी छिन् भने उनले त्यहाँ...

दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक २३ बिलियन अमेरिकी डलर आवश्यक : नेपाल

बैंकक । नेपालमा दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि वार्षिक रुपमा २३ बिलियन अमेरिकी डलर परिचालन गर्नुपर्ने तथ्य सार्वजनिक भएको छ । थाइल्यान्डको बैंककमा जारी एसिया प्रशान्त क्षेत्रीय दिगो विकास मञ्चको दोस्रो दिन ‘स्वैच्छिक राष्ट्रिय समीक्षामार्फत दिगो विकास एजेन्डाको द्रुत कार्यान्वयन विषयक छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

जेनेभामा परराष्ट्रमन्त्री राणाको सम्बोधनः नेपाललाई समर्थन गर्न आग्रह

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षणमा सदैव प्रतिवद्ध रहेको बताएकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई सोमबार जेनेभामा सम्बोधन गर्दै मन्त्री राणाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपाल विश्वकै एक अग्रपंक्तिको राष्ट्रका रूपमा रहँदै...

एपीएफएसडी बैठक थाइल्याण्डमा: सहयोग बढाउन नेपालको आग्रह

रमेश फुल्लेल, बैंकक । थाइल्यान्डको बैंककमा मंगलबारदेखि सुरु भएको एसिया–प्रशान्त दिगो विकास मञ्च (एपीएफएसडी) को १२ औँ वार्षिक बैठकमा नेपालले दिगो विकास लक्ष्य  प्राप्त गर्न नवप्रवर्तनशील, समावेशी, वैज्ञानिक र प्रमाण–आधारित समाधानहरू आवश्यक रहेको जनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले नेपालको तर्फबाट आफ्नो धारणा राख्दै...

मन्त्रीका स्वकीय सचिव रवि थापाको निधन

हेटौंडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनले आफ्ना साथीको कोठामा बसेको बेला विष सेवन गरेको र अचेत थापालाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको...

बिमा प्राधिकरणका नवनियुक्त अध्यक्षमा ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आफ्नो पदीय जिम्मेवारीको शपथ लिएका छन् । सरकारले ओझालाई प्राधिकरणको अध्यष्क्षमा नियुक्त गर्ने निर्णय सोमबार गरेको थियो । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन् । अर्थमन्त्री पौडेल लगायत अर्थसचिव धनश्याम उपाध्याय,...

कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्री दीपक खड्काले  फरी २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघ सोधेको स्पष्टीकरणको जवाफ चत्ति नबुझेको भन्दै पुनः स्पष्टीकरण सोधेका हुन् । सोमबारको मन्त्रपिरषिद्को बैठकबाट घसिङिलाई सरकारले हटाउने तयारी गरेको थयिो । तर, सोमबारको बैठकले घसिङिलाई हटाएको...