समाचार
स्ववियु निर्वाचन कार्यतालिका, फागुन २७ गते उम्मेदवार मनोनयन
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निवाृचन कार्य तालिका सार्वजनिक भएको छ । आउँदो चैत ५ गते हुने हुने निर्वाचनका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ । २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय...
दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते
काठमाडौं । कास्कीको पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका–८ फिर्केस्थित सडकमा बिहीबार ग ३ च ८९७७ नम्बरको जिप र ग १३ प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...
एआईजी रवीन्द्र केसीको राजीनामा स्वीकृत
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । केसीको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत प्रदान गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार, आगामी ५ चैतसम्म सेवा रहेका केसीले सेवा अवधि बाँकी छँदै राजीनामा बुझाएका थिए । गत पुष २६...
प्रहरी विधेयकमा परे ४३ संशोधन प्रस्ताव
काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत भएको नेपाल प्रहरी विधेयक २०८१ मा अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । संघीय संसद् सचिवालय अन्तर्गत प्रतिनिधि सभाको विधेयक शाखाले दिएको जानकारी अनुसार, हालसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ ७ बजेर २ मिनेटसम्म रहेको शाखाले...
स्वास्थ्य मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने तयारी गरेको छ । मन्त्रालयले यही फागुन ९ गते शुक्रबारबाट हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा...
अनेरास्ववियु मकवानपुर क्याम्पसको आयोजना रक्तदान कार्यक्रम
मकवानपुर । अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पसमा बिहीबार आयोजना गरिएको हो । कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा कमिटीका संयोजक प्रसिद्ध रेग्मीको सभाध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य आकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा...
सातै प्रदेशमा अभियान संचालन गर्दै कांग्रेस
ललितपुर । नेपाली कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्दैछ । पार्टीले गरेका सकारात्मक काम र ती कामबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालन गर्ने तयारी गरिएको कांग्रेस केन्द्रीय सदस्य एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए...
स्ववियु चुनावमा उम्मेदवारी नदिने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा उम्मेदवारी नदिने निर्णय गरेको छ । रास्वपाले दलगत हुने गरी उम्मेदवार खडा नगर्ने तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ...
३.१४ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यस दिन सेयर बजारको परिसूचक नेप्से ३ दशमलव १४ अंकले बढेको छ । सो वृद्धि भएसँगै नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ६२ करोडको शेयर कारोबार भएको...
मकवानपुरबाट गाँजासहित एक जना पक्राउ
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा वडा नम्वर ७ पेन्चेबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–५ बस्ने २५ वर्षीय चन्दन कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई लागूऔषध गाँजा १० किलो ९ सय २० ग्रामसहित इलाका...










