समाचार
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हल अगाडि बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका वर्ष ५६ को अम्बरबहादुर बोगटी रहेको छन् । प्रहरीका अनुसार, बोगटीलाई मंगलबार बा.५ ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट...
बागमती सरकारः यातायात फाइलहरुको विद्युतीय अभिलेख सुरु
काठमाडौं । बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका यातायात फाइलहरुको विद्युतीय अभिलेख सुरु गरेको छ । भौतिक रुपमा २५ लाखको सङ्ख्यामा रहेको फाइलहरुको विद्युतीय अभिलेख सुरु गरेको यातायात व्यवस्था कार्यालय, गुर्जुधाराले जनाएको छ । सो कार्यालयका प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह...
प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोजलगायतको क्षेत्रमा योगदान पुर्याउने नागरिकलाई उक्त पुरस्कार दिने घोषणा...
अवैध लागूऔषधसहित २० जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, मोरङ, कैलाली, सिराहा, बर्दिया, बाँके, दाङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित होटल ग्रिष्माबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ५७ मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ...
आलोक नगरमा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक हाल जारी छ । बैठक केन्द्रीय कार्यालय आलोक नगरमा बसिरहेको हो । बैठकमा स्थायी कमिटी बैठकले पारित गरेका विभिन्न प्रतिवेदनहरूमाथि छलफल भइरहेको जनाइएको छ । स्थायी कमिटी र पोलिटब्युरो बैठकपछि भोलिबाट सो पार्टी केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले जनजीविका...
बल्खुमा मृत भेटिए मकवानपुरका दाहाल, ६ जना नियन्त्रण
काठमाडौं । मकवानपुर घर भएका रामकृष्ण दाहाल बल्खुमा मृत अवस्थामा भेटिएका छन् । दाहाल बल्खुस्थित तरकारी बजार नजिकै मृत अवस्थामा भेटिएका हुन् । बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकको टाउकामा चोट लागेको पाइएको छ ।...
भारत जाँदै कांग्रेस सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाँदैछन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सभापति देउवा इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने...
रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
बुटवल । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक बाराको निजगढ–५ निवासी ३६ वर्षीय जिते कुमार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट...
कातिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुन प्रतितोला १ हजार एक सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सुन प्रतितोला १...
विकास निर्माण र आर्थिक समृद्धिको काम अघि बढाएको छः मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि बढाएको बताएका छन् । प्रजातन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई कार्यान्वयन तर्फ अग्रसर रहेको बताउँदै उनले सोही अनुसार प्रदेश सरकारले विकास निर्माण तथा आर्थिक समृद्धिको काम अघि...










